coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमै भेटियो गाँजा प्रशोधनस्थल

गाँजा र औजार सहित पक्राउ गरिएको कारोबारी । तस्बिरः हरिकृष्ण गौतम/नागरिक

जिल्लाको मालिका गाउँपालिका–३, डाँडागाउँका ६३ बर्षिय हर्कबहादुर रोकाको गोठमा प्रहरीले लागूपर्दाथ बनाउन प्रयोग हुने औजार सहित गाँजा बरामद ग¥यो । रोकाले गाँजाको बिक्री वितरण गर्ने र घरमै गाँजा प्रशोधनस्थल समेत बनाएको सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले बोरा भित्र साढे ७ केजी, बजारमा लैजान तयारी अवस्थामा राखिएको ३ वटा प्लाष्ट्रिकका पोकामा ११ केजी ६ सय ग्राम सहित करिब २१ केजी गाँजा भेटियो ।  

घरखेत र आसपासका जंगलमा प्राकृतिक रुपमा उम्रिएको गाँजालाई प्रशोधन गरी गाउँबाट र नियमित प्रयोगकर्तालाई बिक्री गदैं आएका रोकाले गाउँबाटै ब्यवस्थित रुपमा गाँजाको बिक्री गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।  

‘गोठलाई गाँजाको उद्योग बनाएजस्तै देखिन्थ्यो, सहरबजारमा कुलतमा फसेका यूवालाई लक्षित गरी प्याकिङ समेत गरेको पाइयो । यूवापुस्ता लागुपदार्थको सेवनमा नराम्रोसँग फसेका छन्,’ प्रनाउ राईले भने । उनका अनुसार प्रयोगकर्तालाई समेत निश्चित स्थानसम्म पु¥याइदिने गरेको समेत पाइएको छ । सोमबार साँझ ६ बजे पक्राउ परेका रोकाले घरमै गाँजा तयार गरी प्रयोगकर्तालाई बिक्री गर्ने गरेको समेत पाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

गाँजा जोख्ने तराजु, ¥यापिङपेपर, धुलो चाल्ने, विभिन्न तौलका ढक ५ थान, थुलो बनाउन प्रयोग हुने सेतो रङको पाइप  र कपडा ३ थान समेत बरामद भएको छ । प्रहरीले रोकालाई नियन्त्रणमा लिएसँगै उनका नियमित ग्राहक र बिक्रीमा सहयोग गर्ने टोलीलाई समेत निगरानीमा राखेको छ । त्यस्तै मालिका–२ रुम भिरखर्क बस्ने ३४ बर्षिय होमबहादुर पुनले समेत बाख्रा खोरमा लुकाई राखेको १२ केजी ८५० ग्राम गाँजा बरामद गरेको छ । साविकको रुम गाविसमा गाँजाको कारोबार धेरै हुने  भएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ । पछिल्लो समय म्याग्दीमा लागु औषध र पर्दाथको बिक्री वितरण र प्रयोगकर्तालाई निरुत्साहित गर्न समुदायलाई सहकार्यका लागि समेत प्रहरीले अपिल गरेको छ ।  

विगतमा धेरै गाँजाको कारोबार गर्ने स्थानहरूमा कच्चा हरियो गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, रेञ्ची र फलामको मेसिनहरु प्रयोग भइरहेको सूचनाको आधारमा प्रहरीले सादा पोशाकमा समेत टोली परिचालन गरेको छ । विकट क्षेत्र भएकाले प्रहरीको उपस्थित निकै पातलो हुने भएकाले कारोवारीले ढुक्क भएर गाँजा प्रशोधन गरेर विक्री वितरण गर्ने गरेको पाइएको छ । पश्चिम म्याग्दीबाट गाँजाको प्रशोधन गरी छिमेकी बागलुङतर्फको रुटबाट समेत बिक्री वितरणका लागि लैजाने गरिएको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ ९घ० ५ अनुसार १० किलोग्राम देखि माथि जतिसुकै भएपनि २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवानाको ब्यवस्था रहेको छ । 

प्रकाशित: १९ फाल्गुन २०७७ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App