१६ चैत्र २०८० शुक्रबार
समाज

शान्ति मिसनमा सुडानमा रहेको सशस्त्र प्रहरीको टोली सर्वोकृष्ट

संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति स्थापनार्थ  दक्षिणी सुडानमा तैनाथ बिभिन्न देशका युनिटहरु मध्ये सशस्त्र प्रहरी बलको नेपालफम्ड पुलिस युनिट (एफपियु-१) सर्वोकृष्ट भएको छ।  

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्धारा एलिन पिकेरिङ्गको नेतृत्वमा गठित चार सदस्यीय कार्यसम्पादन परीक्षण तथा मूल्याङ्कन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपियुहरु मध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपियू-१ लाई सर्वोकृष्ट युनिट घोषणा गरेको हो।  

उक्त समितिले तयार पारेको कार्यसम्पादन परीक्षण तथा मूल्याङ्कन प्रतिबेदनमा (Performance Assessment & Evaluation Report)मा नेपाल एफपियूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोकृष्ट एफपियू हुन सफल भएको उक्त युनिटका कमाण्डिङ्ग अफिसर एसएसपी कुमार न्यौपानेले बताए।

आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएकाआठ विधाहरु क्रमश:- मिशन कार्यादेशको ज्ञान र समर्थन¸ कमाण्ड एण्ड कन्ट्रोल¸नागरिक सुरक्षा¸अप्रेशनल रेडिनेश र क्षमता¸ बन्दोबस्ती क्षमता¸ प्रशासन¸तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन। प्रत्येक विधामा अधिकतम चार/चार अंकका दरले बत्तिस पूर्णाङ्क छुट्याईएको थियो। १८ फेब्रुअरी सन २०२१ मा लिईएको उक्त परीक्षण तथा मूल्याङ्कनमा नेपाल एफपियु-१ ले बत्तिस अंक नै ल्याउन सफल भएको हो।

एसएसपी कुमार न्यौपानेले नेतृत्व गरिरहेको उक्त डप्फामा डिपुटि कमाण्डिङ्ग अफिसर डिएसपि शिब प्रसाद गैह्रे¸ चिफ लजिष्टिक अफिसर डिएसपि रामजंग पाण्डे र चिफ अप्रेशन अफिसरको जिम्मेवारीमा डिएसपी अरुण कुमार शर्मा रहेका छन्। उक्त एफपियुमा चौतिस महिला सहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु कार्यरत छन्।  

हाल दक्षिण सुडानमा रहेका एफपियुहरुमा नेपालको तर्फबाट दुई वटा¸रुवन्डाको तीन वटा र घानाको एक गरी जम्मा ६ वटा एफपियुहरु कार्यरत रहेका छन। शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन २०२३ डिसेम्बरमा आम निर्वाचन हुन गईरहेको छ।  

 

 

 

 

प्रकाशित: १८ फाल्गुन २०७७ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App