coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बास्तोला हत्या आरोपमा पक्राउ परेका गिरी धरौटीमा छुटे

गत पुस ५ गते शंकास्पद मृत्यु भएका मोरङ उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकजना धरौटीमा छुटेका छन्। बास्तोलाको मृत्यु घटनामा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई सोमबार जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको हो। गिरीलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आदेश दिएको हो। बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा फरार रहेका गिरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरी सोमबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाएको थियो।

पक्राउ परेका गिरीविरुद्ध यसअघि नै दर्ता भएको कर्तव्य ज्यान मुद्दामा इजलासले धरौटी माग गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। थुनछेकको बहसपछि इजलासले धरौटी माग गरेको र गिरीले धरौटी वापतको रकम बुझाइ छुटिसकेको उनले बताए। परिवारका सदस्यले प्रवीणको हत्या भएको भन्दै ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दाका रूपमा अनुसन्धान अघि बढाएको थियो।

घटनाका आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईमध्ये दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्ने तथा राईलाई तीन लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले गत गत बिहीबार आदेश दिएको थियो। 

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App