१६ चैत्र २०८० शुक्रबार
समाज

सल्यानमा भरुवा बन्दुकसहित एकजना पक्राउ

सांकेतिक तस्बिर।

सल्यानमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। सोमबार दिउँसो कालीमाटी गाउँपालिका–२, का ४२ वर्षीय कूलबहादुर सारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

कूलबहादुरले घर नजिकैको खोल्सामा स्याउला (झारपतिंगर) ले छोपेर राखेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले उक्त विषयमा जानकारी गराएपछि भरुवा बन्दुकसहित कूलबहादुरलाई पक्राउ गरेको प्रहरील जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App