coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

सांकेतिक तस्बिर।

सुर्खेतमा शान्तिनगरबाट चिल्ड्रेन स्कुलतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्काे मोटरसाइकल एकआपसमा ठोकिँदा तीनजना घाइते भएका छन्। चिल्ड्रेन बोर्डिङ स्कुल नजिक शान्तिनगरबाट चिल्ड्रेन स्कुलतर्फ जाँदै गरेको भे५प २८२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ००१प ५९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बर्दिया बाँसगढी नगरपालिका– ५ घर भइ हाल वीरेन्द्रनगरमा बस्दै आएका २५ वर्षीय हरि रावत, सोही मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका–८, का २२ वर्षी विवेक लामिछाने र अर्का मोटरसाइकल चालक सोही नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय प्रकाश वयलकोटी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। घाइतेको टाउँको, हात, खुट्टा र नाकमा चोट लागेको छ। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App