coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अपहरण गरेको आरोपमा तीनजना पक्राउ

अपहरणमा परेको २ घण्टाभित्रै विराटनगरका एक युवकलाई प्रहरीले उद्दार गरेको छ। युवक अपहरण घटनामा संलग्न भएका दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रबाट शनिबार दिउँसो विराटनगर–१८ का २३ वर्षीय सुभाष कामतलाई अपहरण गरी १० रूपैयाँ फिरौती माग्ने तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

‘शनिबार दिउँसो १ बजेतिर सुभाष कामत सीमा क्षेत्रबाट अपहरण परेको खबर पाउनसाथ खोजी कार्य थाल्यौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘कामतलाई अपहरण गरी बन्धक बनाएर परिवारसँग १० लाख रूपैयाँ फिरौती वापतको रकम अपहरणकारीले माग गरेका रहेछन्।’ घटनाको अनुसन्धान अघि बढाउँदै जाँदा चिनजानकै व्यक्तिबाट अपहरणमा कामत परेको भेटियो। उनी अपहरण परेको २ घण्टाभित्रै उद्दार गरेको डिएसपी राईले बताए।

विराटनगर–२० का २० वर्षीय रोहित मण्डल, विराटनगर–१६ का अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई अपहरणमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अपहरणकारीमध्ये सन्ध्या शर्माको घरबाट कामतलाई बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरेको प्रहरीले जनाएको छ।

दाइ सुभाषलाई अपहरण गरी १० लाख रूपैयाँ फिरौती वापत मागेको भाइ विकासले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार दुवै जनाको पहिलेदेखि नै चिनजान र लेनदेनलगायतको व्यवहार गर्दै आएका थिए। पक्राउ परेका तीन जनाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App