भुमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलो पटक बस पुगेको छ। भुमिकास्थान–१ साम्नेगाउँको छेंडापोखरिमा आज पहिलोपटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुशी भएका छन्। बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजासहित छमछमी नाचेर बस चालक र सहचालकलाई फुलमाला र अबिर लगाई स्वागत गरेका थिए।
प्रदेश सरकार र भुमिकास्थान नगरपालिका वडा नम्बर–१ को विनियोजित बजेटबाट बाटोको स्तरोन्नोती भएपछि आज पहिलो पटक त्यहाँ बस पुगेको हो। अन्य साना सवारीसाधन गईरहेपनी बस पहिलो पटक पुगेको हो। भुमिकास्थान नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बाटोको उद्घाटन गरे।
२०६१ सालमा स्थानीयले कोदालोले बाटोको ट्र्याक खनी जिपसेवा सन्चालन भएको साम्नेगाउँमा १५ वर्षपछि बस पुगेको हो। बस पुगेपछि भुमिकास्थान नगरपालिका वडा नम्बर १ का डाडाँ–धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्।
प्रकाशित: १६ फाल्गुन २०७७ ०६:२२ आइतबार