coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिडिओको न्यूनतम बढुवा अवधिको ३८ दिनअघि नै सरुवा

अक्सर कर्मचारीहरु कार्यालय भन्दा बाहिर घर वा अन्यत्र घुमफिरमा रमाउँछन्। तर रमाना लिएको दिनदेखि कार्यालय प्रयोजन बाहेक अन्य कुनै काममा एकैदिन जिल्ला बाहिर नगएर उदाहरणीय बनेका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको गृह मन्त्रालयले १ सय ९२ दिनमै सरुवा गरेको छ।  

ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर आएको एकपटक पनि जिल्ला नछाडेका चापागाँइले सरुवा लगत्तै आफ्नो यहिँ कामका कारण निर्धारित मिति भन्दा पहिले नै सरुवा गरेको भन्दै सरुवा गर्ने निकाय प्रति रोष प्रकट गरेका छन्।

सामान्यतया कर्मचारीको बढुवाका लागि कम्तिमा २ सय ३३ दिन दुर्गममा काम गरेको हुनुपर्छ। चापागाँइका लागि यो मिति पुग्न सरुवा भएको मितिले ३८ दिन बाँकी थियो। सरुवा गर्ने निकायले कर्मचारीको बृत्ति विकासका लागि कम्तिमा दुर्गम क्षेत्रमा सेवा गरेको २ सय ३३ दिनलाई कुर्नु अनिवार्य रहन्छ। तर चापागाँइलाई भने गृह मन्त्रायले बढुवाका लागि चाहिने आवश्यक सेवा अवधिको ३८ दिन अगावै सरुवा गरेको छ।  

कर्मचारीको सरुवा सामान्य प्रकृया भएपनि कम्तिमा बढुवाका लागि आवश्यक पर्ने ३८ दिनसम्म पर्खन नसकेको भन्दै चापागाँइले सामाजिक सञ्जालमार्फत् 'यो निर्णय गर्ने गृह मन्त्रालयको बिबेकशील नेतृत्वप्रति आभार' भनेर व्यङ्ग गरेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७७ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App