coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आश्रमलाई ४ करोडको जग्गा

मानव सेवा आश्रम विराटनगरलाई ६ कट्ठा जग्गा प्रदान गरिएको छ । विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न आश्रमलाई प्रदान गरिएको हो ।

डम्बर सतसङ सद्गुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशीला भट्टराईले मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई ४ करोड मूल्यबराबरको उक्त जग्गाको कागजपत्र शुक्रबार प्रदान गरेकी हुन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको पहलमा डम्बरबहादुर खड्काको परिवारले जग्गा प्रदान गरेको हो ।  

डम्बरबहादुर खड्काले आफ्नो मृत्युपछि मानवसेवा गर्नका लागि १३ कट्ठा जग्गा कविर आश्रमका नाममा राखेको परिवारजनले बताए । उक्त आश्रमको नाममा रहेको जग्गामध्ये ६ कट्ठा जग्गा मानसेवाको हितका लागि भवन निर्माण गर्न खड्का परिवारले प्रदान गरेको बताइएको छ ।  

जग्गा प्रदान कार्यक्रमा महानगरपालिकाका प्रमुख पराजुलीले मानवसेवा प्रबद्र्धन कार्य गरेर जग्गादाता परिवारले पुण्यको काम गरेको बताए । छोरोछोरीले वृद्ध आमाबुवालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्नुपर्ने पनि उनले बताए । पराजुलीले प्राप्त जग्गामा सडक सहयोगापेक्षीलाई राख्ने भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरूको उपस्थितिमा बृहत सांगीतिक कार्यक्रम आयोजना गर्ने बताए ।  

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यका लागि जग्गा उपलब्ध गराएर समाज सेवामा हौसला प्रदान गरिएको बताए । दाता संस्थाकी अध्यक्ष सुशीला भट्टराई, स्वर्गीय डम्बरबहादुरकी बुहारी जमुना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईंलगायतले जग्गा प्रदान गर्न पाउँदा खुसी लागेको बताए । कविर आश्रमका नाममा बाँकी रहेको जग्गामा वाटिका बाउने योजना रहेको जानकारी दिइएको छ । विराटनगरमा रहेको ३ वटा आश्रममा २ सय ४६ जना सहयोगापेक्षीको बसोबास छ ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App