coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्याउ उत्पादनमा दोब्बर गिरावट

यो वर्ष जुम्लाको स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष स्याउमा दोब्बर गिरावट हो। वर्षेनी स्याउको माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित छन्।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यो वर्ष १९ करोड रुपैयाँ बराबरको स्याउ जिल्ला बाहिर गएको हो। गत वर्ष यहाँबाट ३४ करोड रुपैयाँ बराबरको स्याउको कारोबार भएको थियो। यो वर्ष घटेर १९ करोड रुपैयाँको कारोबार भएको हो।  

गत वर्ष स्याउबाट दोब्बर आम्दानी भएको थियो, कृषि अधिकृत खेमराज शाही भन्छन,“यो वर्ष ह्वात्तै घट्यो। स्याउको क्षेत्रफल बढिरहेको बेला उत्पादन घट्नुले किसान मर्कामा छन्। ” गएको वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो।  यो वर्ष ६ हजार २ मेट्रिकटन मात्र स्याउ फल्यो।  उनले भने,“किसान स्याउ खेति प्रति आकर्षित छन। तर स्याउ उत्पादनमा हरेक बर्ष गिरावट भइरहेको छ। ”

जुम्लामा विगत दुई तीन  वर्ष यताकै स्याउ उत्पादन घटेको छ हो। समयमा हिउँ नपर्नु, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिम प्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनु लगायतका कारणले स्याउको उत्पादनमा गिरावट भएको कृषि प्राविधिक बताउँछन।  

आर्थिक वर्ष २०७४/७५ मा १६ करोड बराबरको स्याउ निर्यात भएको थियो।  आर्थिक वर्ष २०७५/०७६ मा १७ करोड बराबरको स्याउ निर्यात भयो। गत वर्ष ३४ करोड बढिको स्याउ निर्यात भएको थियो। यो वर्ष १९ करोड रुपैयाँको स्याउ निर्यात भएको कृषि अधिकृत खेमराज शाही बताउँछन। स्याउ फलिरहेको छैन। किसानको स्याउ मोह बढ्दो छ। कृषि अधिकृत शाही भन्छन,“किसानको प्रमुख आयस्रोत स्याउ हो। स्याउ उत्पादन कम हुदा समस्या भइरहेको छ।”

हचुवाको भरमा स्याउ खेति गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन। स्याउको उत्पादन र बजारीकरण राम्रो छ। तर उत्पादन राम्रो छैन। स्याउ किसान कलिमान रोकाया भन्छन,“अन्य खेतिपातीको काम छाडेर स्याउ खेति गरिरहेका छौँ। तर अपेक्षाकृत उत्पादन हुन सकेको छैन।”

जुम्लाका १६ हजार घरमा स्याउ बगैँचा छ। जुम्लामा ३ हजार ८ सय ८५ हेक्टर जमिनमा स्याउ रोपिएको छ। यो वर्ष १ हजार ५ सय ५४ हेक्टर जमिनमा लगाएको स्याउ फल्यो। गत वर्ष स्याउले आशा पलायो,उनले भने,“यो वर्षको उत्पादनले चिन्ता जगायो।”  

स्याउ खेतीमा लगानी बढ्दै गएपनि प्राविधिक ज्ञान र हावापानीले साथ नदिएको किसान बताउँछन। कृषि अधिकृत शाही भन्छन,“ स्याउ खेतीका लागि कम्तीमा १ हजार घण्टा माइनस तापक्रम चाहिन्छ। पछिल्लो वर्ष हिउँ नपर्दा जमिन चिस्यान कायम नहुँदा स्याउ उत्पादन घटिरहेको छ। जलवायुको घटबढले स्याउ खेतिमा प्रत्यक्ष असर परेको छ। ”

अहिले स्थानीय तहले पनि स्याउ खेतिलाई प्राथमिकता दिन थालेका छन्। किसानलाई स्याउ दिने देखि प्राविधिक ज्ञान,सीप र उपकरण दिन थालेका छन।  

 

प्रकाशित: १४ फाल्गुन २०७७ १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App