१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आश्रमलाई ४ करोडको जग्गा प्रदान

मानव सेवा आश्रम विराटनगरलाई ६ कठ्ठा जग्गा प्रदान गरिएको छ। विराटनगर महानगरपालिका–५ स्थित कोचाखालको जग्गा सडक सहयोगापेक्षी मानवको बसोबासका लागि भवन निर्माण गर्न जग्गा प्रदान गरिएको हो।

डम्बर सतसङ सद्गुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशीला भट्टराईले  मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई ४ करोड मूल्य बराबरको जग्गा शुक्रबार प्रदान हस्तान्तरण गरेकी हुन्। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको पहलमा डम्बरबहादुर खड्काको परिवारले जग्गा प्रदान गरेका हुन्।  

स्वर्गीय डम्बरबहादुर खड्काले आफ्नो देहवासनपछि मानवसेवा गर्नका लागि १३ कठ्ठा जग्गा कविर आश्रमका नाममा राखेको परिवारजनले बताए। उक्त आश्रमको नाममा रहेको जग्गामध्ये ६ कठ्ठा जग्गा मानसेवाको हितका लागि भवन निर्माण गर्न खड्का परिवारले प्रदान गरेको बताइएको छ।   सो अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख पराजुलीले मानवसेवा प्रवद्र्धन कार्य गरेकोमा जग्गा दाता परिवारले पुण्यको काम गरेको बताए। छोरोछोरीले  वृद्ध आमाबुवालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्नुपर्ने बताए। प्रमुख पराजुलीले प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरुको उपस्थितिमा बृहत साँगीतिक कार्यक्रम आयोजना गर्ने बताए।  

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यका लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गरेको बताए। दाता संस्थाकी अध्यक्ष सुशीला भट्टराई, स्वर्गीय डम्बरबहादुरकी बुहारी जमुना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चाँपागाईंलगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। कविर आश्रमका नाममा बाँकी रहेको जग्गामा वाटिका बाउने योजना रहेको जानकारी दिइएको छ। विराटनगरमा रहेको ३ वटा आश्रममा २ सय ४६ जना सहयोगापेक्षीको बसोबास गरिरहेका छन्।  

 

प्रकाशित: १४ फाल्गुन २०७७ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App