coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कञ्चनजंघा संरक्षण क्षेत्रमा चुनियो नयाँ नेतृत्व

समुदायद्वारा व्यवस्थापन गरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा अवस्थित कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्षमा तेस्रो कार्यकालका लागि खगेन्द्र फेम्बो लिम्बू(लेलेप)चयन भएका छन्। ५ वर्षे कार्यकालका लागि परिषद्को सदस्य सचिवमा मनकुमार राई(याम्फुदिन) र कोषाध्यक्षमा पिछोवाङ शेर्पा(लेलेप, ग्याब्ला)चयन भएको परिषद्को निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत गणेशप्रसाद तिवारीले बताए। उनी कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत समेत हुन्।  

समितिमा पेम्बा शेर्पा(याम्फुदिन),सुसन लिम्बू(तापेथोक), छेतेन शेर्पा(ओलाङ्चुङगोला), छोरेन शेर्पा(लेलेप, सेकाथुम), सञ्जु गुरुङ(याम्फुदिन), पेम्बाफुटी शेर्पा(ओलाङ्चुङगोला), छेतेन शेर्पा(लेलेप) र देउभान भोटे(याम्फुदिन) सदस्यमा चयन भएका छन्। यो समितिले अरु २ जना सदस्यपछि मनोनित गर्ने भएको छ। उत्तरी ताप्लेजुङका लेलेप, तापेथोक, ओलाङ्चुङगोला र याम्फुदिन कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यक्षेत्र पर्छ।  

भूगोलका हिसावले संरक्षण क्षेत्रले ताप्लेजुङको आधा भन्दा बढी क्षेत्र आगटेको छ। ताप्लेजुङको क्षेत्रफल ३ हजार ६४६ वर्गकिलोमिटर रहेकोमा संरक्षण क्षेत्रमा मात्र २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रफल पर्छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App