८ वैशाख २०८१ शनिबार
समाज

नेपालटारमा तीन दिने माटो परीक्षण शिविर

शिविरमा माटो परीक्षण गर्दै प्राविधिक । तस्बिरः महेश्वर

उदयपुरगढी गाउँपालिका ६, नेपालटारमा ३ दिने ‘माटो परीक्षण शिविर’ सम्पन्न भएको छ । कृषि उत्पादनमा सुधार ल्याउदै आयआर्जन बढाउनने उद्देश्यले आयोजित शिविरमा गाउँपालिकाका ८ वटै वडावासी किसानको माटो परीक्षण गरिएको छ ।  

सेभ द चिल्डे«नको साझेदार संस्था बाल विकास समाज (सिडिएस) उदयपुरको सहयोगमा गाउँपालिका कृषि विकास शाखाले फागुन १० देखि १२ गतेसम्म शिविर सञ्चालन गरेको हो । शिविरमा किसानले ल्याएको आआप्mनो खेतबारीको माटो परीक्षण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । माटो परीक्षणले कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको पनि अध्यक्ष मगरले बताए ।

शिविरमा प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रायलयअन्तर्गत माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीका माटो तथा मल विज्ञ राजेन्द्रप्रसाद यादव नेतृत्वको प्राविधिक टोली खटेको थियो । टोलीले ३ दिनसम्म शिविरमा ल्याइएका सबैखाले माटोको परीक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए । उनका अनुसार टोलीले शिविरको अन्त्यमा परीक्षण नतिजा सार्वजनिक गरेको छ ।  

जसमा नमूना परीक्षण गरिएका १ सय ३५ किसानको माटोमा ४६ प्रतिशत अम्लीयपन, ५१ प्रतिशत टथस्थ र माटो नविग्रएको यादवको प्रतिबेदनले देखाएको छ । त्यस्तै ५६ प्रतिशत माटोमा कमजोर उर्वरा शक्ति रहेको पाइएको र ३८ प्रतिशत मध्यम उर्वरा शक्ति पाइएको विज्ञ यादवले बताए । परीक्षण प्रतिबेदन गाउँपालिकालाई बुझाउँदै यादवले सामान्य उपचार बिधिबाटै समस्या समाधान गरेर कृषि उत्पादन बढाउन कृषि विकास शाखालाई सुझाए ।  

विज्ञ यादवले माटोको अवस्था र त्यसको उपचार बिधिबारे उपस्थित किसानलाई प्रारम्भिक जानकारी गराएका थिए भने आगामी दिनमा गाउँपालिकाको कृषि शाखाले नियमित परामर्श र सेवा दिन सक्ने बताए । आगामी दिनमा माटोमा कुनै कमजोरी देखिए कृषि विकास शाखामार्फत नै उपचारको व्यवस्था मिलाइने अधिकृत सुबेदीले बताएका छन् ।  

गाउँपालिका उपाध्यक्ष सानुकुमारी राउतले किसानको बाँँच्ने मुख्य आधार कृषि भएको भन्दै उत्पादन क्षमता बढाउन शिविरले सहयोग पुग्ने बताईन् । उनले शिविरबाट बढीभन्दा बढी लाभ लिन कृषकलाई अनुरोध गर्दै खेतबारीको उपचार बेलैमा गरेर कृषि उत्पादन बढाउन पनि सुझाईन् ।  

समापन कार्यक्रममा सिडिएसका बोर्ड सदस्य दिनानाथ दाहालले माटो मानव जीवनसँग जोडिएको हुनाले यसलाई आमासरह ठानेर बेलाबेलामा रेखदेख र उपचार गर्नुपर्ने बताए । उर्वरा शक्ति बढाएर कृषि उत्पादनमा वृद्धि ल्याउन सके किसानको आर्थिक उन्नति हुने भएकाले शिविर सञ्चालन गरिएको उनले बताए । उदयपुरगढी ६ का वडाध्यक्ष कृष्ण खत्रीले आफ्नो वडामा किसानमैत्री शिविर सञ्चालन गरेकोमा आयोजक सिडिएसलाई धन्यवाद दिएका थिए ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App