coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाघको छालासहित दुई पक्राउ

बाघको छालासहित दाङमा दुईजना पक्राउ परेका छन् । लामो समयदेखि बाघको छाला ओसार पसार गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले जिल्लाको तुलसीपुरबाट दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाघको छाला बोकेर सल्यान तर्फ आउँदै गरेका सल्यान बागचौर नगरपालिका वडा नम्बर ९ का सन्दीप डाँगी र सल्यान शारदा नगरपालिका १५ का ईन्द्रबहादुर थापालाई प्रहरीले तुलसीपुर ४ गोठी खोला भन्ने स्थानबाट नियन्त्रणमा लिएको हो । 

रा ४ प ८८४७ नम्बरको मोटरसाईलकमा सवार उनिहरुले झोला भित्र बाघको छाला लुकाएका थिए । प्रहरीका अनुसार उनिहरुको ब्याग खानतलासी गर्दा ४ फिट लम्बाई र ५ ईन्च चौडाई रहेको बाघको छाला फेला परेको थियो । प्रहरीले उनिहरुले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।  

प्रकाशित: १२ फाल्गुन २०७७ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App