८ वैशाख २०८१ शनिबार
समाज

उच्चस्तरीय छानविन टोली जुम्लामा

प्रहरीको कुटाइबाट मृत्यु भएका जुम्ला गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १३ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानविन गर्न उच्चस्तरीय छानविन टोली जुम्ला पुगेको छ । गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगनाको संयोजकत्वमा रहेको छानविन समिति जुम्ला पुगेको हो । समितिमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ र राष्ट्यि अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी छन।  

टोलीले जुम्ला पुगेर छानविनको काम अघि बढाएको छ। पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्ले  र पत्रकारहरुसंग छलफल गरेको थियो। अनुसन्धान नसकिँदा सम्म टोली जुम्लामै बस्ने प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।  

अन्तिम छानविन नहुँदा सम्म टोलीले गहन रुपमा घटनाको सत्य तथ्य छानविन गर्ने समितिका संयोजक माधवप्रसाद ढुंगानाले बताए । उनले भने, ‘छानविन समितिले दोषी पत्ता लगाउँछ । यही गतिमा अनुसन्धान अघि बढ्छ । भइसकेको घटनाको अनुसन्धान निष्पक्ष हुन्छ । वास्तविक पीडितको न्याय र राहतको पक्षमा छानविन समितिको अनुसन्धान केन्द्रीत हुनेछ ।’

प्रहरी उपरिक्षक श्रेष्ठले घटनाको वस्तु निष्ठा अनुसन्धान हुने बताए । उनले भने, ‘आगामी दिनमा घटना नहोस । घटेको घटनाको निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुनेछौँ ।’ छानविन समितिको टोली मंगलबार जुम्ला आउने भनेता पनि जहाज रद्ध भएका कारण आउन सकेको थिएन ।  

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको विषयलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले गम्भीरता पुर्वक लियो । फलस्वरुप गृहन्त्रालयले उच्चस्तरीय छानविन समिति बनायो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,“यो छानविन समितिले गहिरो तरिकाले अनुसन्धान गरेर वास्तविक तथ्य बाहिर ल्याउनेछ । छानविन टोली जुम्ला पुगेकोले अव निष्पक्ष छानविन हुने अपेक्षा गरिएको छ ।’    

प्रशासन र पिडितका आफन्तबीच भएको वार्तापछि तत्काल छानविन समिति गठन गर्ने, पिडितलाई राहत उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई कार्वाही गर्ने निर्णय भएको थियो ।  

छानविन टोलीले घटना संग जोडिएका सबै पक्ष संग छलफल तथा भेट गर्ने छ । अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने छानविन समितिले जनाएको छ ।  

प्रकाशित: १२ फाल्गुन २०७७ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App