coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अदालतले रिहा गरिरहने, प्रहरी पक्रिरहने

सर्वोच्च अदालतको आदेशमा छुटेका नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला अदालतको गेटबाटै पाँचौपटक सोमबार फेरि पक्राउ परेका छन्। न्यायाधीशहरू मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै छोड्न आदेश दिएको होे। अदालतले बारम्बार छोड्न आदेश दिने तर, प्रहरीले पुनः पक्राउ गर्ने क्रम चलिरहेको छ।  

सर्वोच्चले यस अघि उनलाई ४ पटकसम्म छोड्ने आदेश गरिएको थियो। आदेश आउँदासाथ फेरि पक्राउ गरिएको हो। गैरकानुनी रूपमा कसैलाई आस्था राखेकै भरमा थुनामा राख्न नहुने भन्दै छोड्न आदेश गरेको थियो।  

विप्लव समूहमा लागेको, फरक विचार र आस्था राखेको कारण चौथो पटक काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरी सुनसरी लगी थुनामा राखिएको थियो।  

बास्तोलालाई हातहतियार तथा खरखजना तथा संगठित अपराध मुद्दामा पहिलो पटक ५ दिन र दोस्रोपटक ७ दिन म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। यसअघि थुनामा बसिसकेकाले पटकपटक राख्नु मौलिक हकविरुद्ध भएको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ। बास्तोलालाई बारम्बार छोड्न आदेश गर्दा पनि विनाकारण थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो।

प्रकाशित: ११ फाल्गुन २०७७ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App