४ वैशाख २०८१ मंगलबार
समाज

सिंहदरबारभित्रकै क्यान्टिनका खानेकुरा अस्वस्थ

प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै क्यान्टिनमा बनाइएको खाना अस्वस्थकर भेटिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि गुण नियन्त्रण विभागले गरेको छड्के अनुगमनमा सिंहदरबारभित्रको क्यान्टिनले बनाएको खाना अस्वस्थकर भएको पाइएको छ।

विभागका कर्मचारीले सिंहदरबारभित्रका चारवटा क्यान्टिनमा अनुगमन गरेका थिए। अनुगमनको क्रममा अस्वस्थ तथा म्याद सकिएको खानासमेत वितरण गर्ने गरेको पाइयो। विभागका महानिर्देशक नेत्र सुुवेदीले सिंहदरबारभित्रका चारवटा क्यान्टिनमा गरिएको अनुगमनमा कैफियत देखिएको बताए। सरसफाइमा ध्यान नदिएको, प्रमाणीकरण नभएको नापतौल यन्त्र प्रयोग गरिएको, म्याद सकिएको खाना खुवाउने गरेको जस्ता अनियमितता देखिएको सुवेदीले बताए। ‘अनुगमनको क्रममा सिंहदरबारभित्रका क्यान्टिनमा बनाइएको खाना अस्वस्थ देखियो। हामीले फेरि पनि सचेत गराएका छौं,’ सुवेदीले भने।

अनुगमनको क्रममा सिंहदरबारको केन्द्रीय चमेनागृह कञ्चन चमेनागृहको भान्साघर फोहोर देखिएको विभागले जनाएको छ। अनुगमनमा गएका विभागका कर्मचारीलाई केन्द्रबलश्रचमेनागृहका कर्मचारीले असहयोग गरेको विभागले जनाएको छ। विभागले मागेका कागजात केन्द्रीय चमेनागृहका कर्मचारीले देखाएका थिएनन्। वाणिज्य विभागका कर्मचारीले चमेनागृहका मालिकलाई १० हजार रूपैयाँ जरिमाना गराएका छन्। साथै भान्साघरमा सरसफाइ गर्न विभागका कर्मचारीले सो चमेनागृहका मालिकलाई सचेत गराएको विभागले जनाएको छ।  

विभागले शुक्रबार गरेको अनुगमनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सञ्चालन गरिएको गोसाइकुण्ड भोजनालयमा पनि समस्या देखिएको विभागले जनाएको छ। गोसाइकुण्ड भोजनालयले म्याद सकिएको पानी तथा खाद्य पदार्थ बिक्री गर्ने गरेको विभागका कर्मचारीको भनाइ छ। गोसाइकुण्डले म्याद सकिएको परोठा बेच्ने गरेको पाइएको छ। विभागका कर्मचारीले अर्थ मन्त्रालमा सञ्चालित क्यान्टिन म्यानेजमेन्टले व्यवस्थापन गरेको क्यान्टिनमा पनि अनुगमान गरेको थियो। उक्त क्यान्टिनलाई विभागले पोहोर साल नै सचेत गराएको थियो। सचेत गराएअनुसार केही सुधार गरे पनि क्यान्टिनले प्रयोग गर्ने गरेको नापतौल मेसिन प्रमाणीकरण नभएको विभागका कर्मचारीले जनाए।  

अनुगमनको क्रममा संसद् सचिवालयमा सञ्चालिन क्यान्टिनमा पनि कैफियत देखिएको छ। सिंहदरबारभित्रका क्यान्टिनले उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरिएको न्यूनतम माफदण्डलाई समेत उल्लंघन गरेको विभागका कर्मचारीले जनाएका छन्। संघीय सिंहदरबार सचिवालयले केन्द्रीय क्यान्टिन सञ्चालन गर्न अनुमति दिने गर्छ। सचिवालयले दुई वर्षअघि नै सिंहदबारभित्र ३ वटा मात्र क्यान्टिन सञ्चालन गर्न दिने नीति बनाएको थियो। तर उक्त नीति कार्यान्वयन हुन सकेको छैन। अहिले मन्त्रालयपिच्छे सिंहदरबारमा क्यान्टिन राखिएका छन्।  

वाणिज्य विभागले हरेक वर्ष सिहंदरबार र सिंहदरबारबाहिरका भोजनालय, चमेनागृह, होटल, मिठाइघर, रेस्टुरेन्टमा अनुगमन गर्ने गर्छ। अनुगमनको क्रममा प्रायः सबै होटल, रेस्टुरेस्ट तथा चमेनागृहले अस्वस्थ खाना खुवाउने गरेको भेटिएको छ। विभागले सचेत गराउने गर्छ तर सचेत गराइएका होटल, रेस्टुरेस्ट तथा मिठाइघरले गल्ती दोह¥याउने गरेका छन्।  

विभागका महानिर्देशक सुवेदीले अनुगमन जारी रहने बताए। उनले मंगलबारदेखि सिहंदरबारभित्र र बाहिरका क्यान्टिनमा पनि अनुगमन जारी राख्ने बताएका छन्। विभागले शुक्रबारदेखि अनुगमन सुरु गरेको थियो। छड्के अनुगमनको सुरुवात विभागले सिंहददबारभित्रका क्यान्टिनबाट गरेको छ। अनुगमनको क्रममा विभागका कर्मचारीले भोजनालय तथा क्यान्टिनको वैधानिकता, गुणस्तर, मूल्यसूची तथा सरसफाइलाई हेर्ने गरेका छन्। अनुगमनको बेला कसैले पनि चारवटा मापदण्ड पूरा नगरेको विभागका कर्मचारीले जनाएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७७ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App