coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरको रौतामाईमा आगलागी हुँदा १६ लाख बराबरको क्षति

आगलागीबाट आधा डढेको भैंसी। तस्बरः महेश्वर

उदयपुरको पहाडी गाउँपालिका रौतामाई ४ पोखरीमा आगलागी हुँदा १६ लाख बराबरको धनमाल क्षति भएको छ। आइतबार मध्याह्न लागेको आगोले पोखरी आहालेका कमल राईका खरको छाना भएका दुईवटा घर, गोठ जलेर चौपाया धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।  

बिहान ११ बजे एक्कासी घरमा सल्केको आगोले घरभित्र रहेका सुनचाँदी, भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, कागजात र काठपात सबै जलेर खरानी भएका छन्। त्यस्तै गोठमा बाँधिएका दुईमध्ये एउटा भैंसी र एउटा सुँगुर जलेर मरेका छन्। एउटा भैंसी भने आधा डढेको अवस्थामा दाम्लो चुँडाएर भाग्न सफल भएर बाँचेको स्थानीयले बताएका छन्।

आगलागीको घट्नाबारे जानकारी पाएलगत्तै गाउँपालिका केन्द्र भुटारस्थित इलाका प्रहरी कार्यालयबाट टोली खटेर स्थानीयवासीको सहयोगमा आगो साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। टोली घट्नास्थलको सर्जमिन मुचुल्का गरेर सोमबार विहान मात्र फर्केको छ।  

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जनाए।

प्रकाशित: १० फाल्गुन २०७७ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App