coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखामा एकै परिवारका तीन जना मृत भेटिए

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक धामी तोराङमा एकै परिवारका तीन जनाको मुत्यु भएको छ। ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ  र नातीनि नाता पर्ने १३ वर्षीया उषा गुरुङ आज बिहान मृत भेटिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए।  

मृतक तिनै जनाको मुखबाट फिँज बगिरहेकाले विषालु च्याउ खाँदा मुत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। घरमा अन्य परिवारका सदस्य थिएनन्। गएराती खाना खाएर सुतेका उनीहरू आज बिहान मृत भेटिएको सुचना पाएपछि घटनास्थलमा प्रहरी जाँदै गरेकाले विस्तृत बिवरण आउन बाँकी रहेको एसपी सुरेन्द्र गुरुङले बताए । पोष्टमार्टमपछि मात्रै कारण खुल्ने उनले बताए।  

प्रकाशित: १० फाल्गुन २०७७ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App