५ वैशाख २०८१ बुधबार
समाज

पाल्पामा बालुवा खानीमा पुरीएर दुईको मृत्यु

पाल्पामा बालुवा खानीको ढिस्कोमा पुरीएर दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाँउपालिका ४ को छेबकुनामा शनिबार साँझ बलुवा खानीमा पुरीएका दुई जनाको मृत्यु भएको हो । बालुवा निकाल्दै गर्दा बालुवाकै ढिस्को खसेर पुरीएका बली पोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।  

१३ वर्षे बालिका पवित्राको घटना स्थलमै र  मायादेविको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७७ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App