coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा टिपरको ठक्करबाट सिन्धुपाल्चोकका एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको टिपरले बाटो क्रस गर्दै गरेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय बलराम तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

ठक्करपछि गम्भीर घाइते भएका तामाङलाई उपचारार्थ भक्तपुर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत्यु भएको जानकारी दिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। दुर्घटनापछि ठक्कर दिने बा ५ ख ४७९ नं. को टिपर केही अगाडिबीचको डिभाईडरको जगातीबाट सल्लाघारीतर्फ आउने लेनतर्फ कोल्टे परेर दुर्घटित अवस्थामा रहेको, घटनास्थलमा ब्रेक लगाएको डाम पनि देखिएको, तीब्र गतिमा गुडेको उल्लेखित टिफर बाटो काट्दै गरेका तामाङलाई जोगाउन खोज्दाखोज्दै ठक्कर दिई डिभाईडरमा कोल्टे परेको देखिएको छ।

टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ घर भएका बर्ष २९ का सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७७ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App