coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँ पसेको घोरलको सकुशल उद्वार

जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्वार गरिएको छ । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्वार भएको हो।

घोरल भेटिएपछि नरसिंह थापाले पूर्व रेन्जर खड्क महतलाई खबर गरेछन्। डिभिजन बन प्रमुख दिनेशजंग खत्रीले भने,“खड्क महतले डिभिजन बन कार्यालयमा खबर गरेर घोरलको उद्वार भएको हो। अहिले घोरल डिभिजन वन कार्यालय जुम्लामा राखिएको छ।  

घोरल चन्दननाथ नगरपालिका १० को जंगलबाट झरेको हुन सक्ने अनुमान गरिएको छ। राति कुकुरले लखेटेर घरको गेटमै लुकेर बसेको छ। विहान उठ्दा भेटिएपछि घोरलको सकुशल उद्वार भएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ।  

घोरलको स्वास्थ्य अवस्था जाँच गर्दा हुनै समस्या देखिएको छैन। सडक डिभिजन कार्यालय जुम्लाको गाडीमा राष्ट्यि वन क्षेत्रमा छाडिने तयारी भइरहेको छ। जनप्रतिनिधि, प्रहरी र वन कार्यालयको रोहवरमा घोरल वनमा छोड्ने प्रमुख खत्रीले जानकारी दिए।

घोरल किन गाउँतीर झरेको अनुसन्धान भइरहेको छ। हिउँ परेको छैन। आहाराको कमी पनि छैन। प्रमुख खत्रीले भने,“किन गाउँ झरेको हो। त्यो अनुसन्धान गर्नुपर्छ।” यो जंगलमा निगालो र खर्सुको घना जंगलमा बस्छ।  

मान्छेले लखेटेको जस्तो चोटपटक पनि छैन। प्रमुख खत्रीले भने,“सकुशल भेटिएको घोरललाई जंगलमा छोड्दा उपयुक्त हुने देखिएको छ। पछिल्लो समयमा जंगल जनावर वर्षैपिच्छे गाउँतिर झरिरहेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७७ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App