८ वैशाख २०८१ शनिबार
समाज

मानवअधिकार उलंघन र ज्यादतीमा महिला बढी पिडित

एक बर्षमा ६ सय ४८ बलत्कारका घटना

मानवअधिकार उलंघनका र ज्यादतीका गम्भिर घटनामा पुरुष भन्दा महिला धेरै बढी संख्यामा पीडित देखिएका छन। ईन्सेकले शुक्रवबार सार्वजनिक गरेको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२१ मा मानवअधिकार उलंघनका घटनामा महिला बढी पीडित भएको उल्लेख गरिएको छ । ईन्सेकले काठमाडौं लगायत सवै प्रदेशमा सन २०२० मा भएका मानवअधिकार उलघंनका घटना समावेश भएको वर्ष पुस्तक सार्वजनिक गरेको हो । ६ सय ४८ बलत्कारका घटना भएको पुस्तकमा उल्लेख गरिएको ईन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडक राज जोशीले बताएका छन । यसैगरि १ सय ५२ बलत्कार प्रयासका घटना भएृका छन । भने वोक्सीको आरोपमा ५८ जना, घरेलु हिंसामा १ सय ३ सय ४६ जना महिला पीडित रहेको उनले बताए । बेचबिखनमा २५, यौन दुव्र्यवहारको घटनामा ६२ जना पीडित भएका छन । यसैगरि परिवारजनवाट १ सय २ महिलाको हत्या भएको छ ।  एक बर्षमा हत्या भएको महिलाको संख्या १ सय ५८ रहेको छ । हत्या भएको पुरुषको संख्या भने बढी छ । हत्या भएको पुरुषको संख्या १ सय ८४ रहेको छ । यि मध्य ७ जनाको हत्या राज्यपक्षले गरेको पुस्तकमा उल्लेख छ । यसैगरि बालअधिकार उलंघटनाका घटनामा १ हजार ४ सय ६१ जना पिडित भए । जसमध्य बलत्कारका घटनामा ९ सय ८९, यौन दुर्व्यवहारका घटनामा ३ सय ५६ र बिद्यालयमा शारिरिक यातना पाएका१९ जना रहेका छन ।

सन २०२० मा मानवअधिकार उलंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पिडित छन । ती मध्य ४ हजार ३ सय २९ महिला पीडत छन । यसैगरि देशभरका कारागारको क्षमता करिव ११ हजार रहेकोमा दोव्वर भन्दा बढी २३ हजार बढी कैदी राखिएको पुस्तकमा उल्लेख गरेको छ । क्षमता भन्दा बढी राखिएका कैदीलाई सुत्न, वस्न,खान, पकाउन,हिडडुल गर्न, नुहाउन, शौचालय जान समस्याका साथै बिभिन्न रोगको संक्रमण देखिएको उल्लेख छ ।

शसस्त्र द्वन्द्वको लामो समय बितिसक्दा पनि संक्रमणकालिन न्यायका सवाल जस्ताको त्यस्तै रहेको पनि पुस्तकमा उल्लेख गरिएको जोशीले बताए । सुदूरपश्चिममा मानवअधिकार उलंघन र ज्यादतीका  ५ सय १७ घटना भएका छन । ती मध्य  ४ सय १९ महिला पीडित छन ।  

 

 

प्रकाशित: ७ फाल्गुन २०७७ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App