१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धुमधामका साथ मनाइँदै सरस्वती पूजा

मंगलवार धुमधामका साथ सरस्वती पूजा मनाइँदै छ। सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यता रहँदै आएको छ। तर जानकारहरु भने सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने बताउँछन्। निजी तथा आवासीय विद्यालयहरुको संगठन(प्याब्सन)का पूर्व केन्द्रीय सदस्य युवराज गिरी सरस्वती पूजा गरेकै आधारमा फरर पढ्न आउने नभइ पढ्ने इच्छा जगाइदेऊ भनेर संकल्प गर्ने दिनको रुपमा सरस्वती पूजालाइ लिनुपर्ने बताउँछन्।  

लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका उनले विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्ने तर पढ्न तर मन नलगाउने हो भने पूजाकै भरमा पढाइ पूरा नहुने बताए। पाथीभरा बहुमुखी क्याम्पसका सहायक प्रधायापक तथा बासु मावि फुङ्लिङका प्रधानाध्यापक पण्डित रामचन्द्र उपाध्यायका भनाइमा सरस्वती पूजा संकल्प माग्ने उत्तम साइत हो। उनले ‘आजबाट मलाइ जाँगरपूर्वक पढ्ने शक्ति देऊ माता’भनेर पूजापाठ गर्ने र सोहि अनुसार पढाइप्रति लगाव लगाउने हो भने सरस्वती माता खुसी हुने बताए। तर, पूजा गर्ने बित्तिकै पढ्न आइ हाल्छ भनेर पूजाका दिनबाट पुस्तक बन्द गरिदिने हो भने माता प्रसन्न हुन नसक्ने र पढाइ सिद्धिमा समस्या आउने उनले बताए। ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो। 

‘पूजा गरेर मात्र होइन,सरस्वती पूजाको दिनबाट पढ्ने संकल्प मागेर पढाइमा ध्यान केन्द्रित गरे पढाइसिद्धि हुने’  

त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनु नपर्ने मान्यता छ। सरस्वती पूजाको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ। सरस्वती पूजाको दिन अक्षराम्भको उपयुक्त समयको रुपमा लिइन्छ। सरस्वती पूजाको दिनबाट अक्षराम्भ गरेका बालबालिकाका पढाइ जाँगर वृद्धि हुने मान्यता रहीआएको छ। लिटलबुद्ध बोर्डिङ स्कुलले सरस्वती पूजाको दिनबाट अक्षराम्भ गरेका ३० जना बालबालिकालाई भर्ना शुल्क समेत छुट गरिदिएको प्रिन्सिपल गिरीले बताए।  

पालिका अध्यक्षले गरे मन्दिरको उद्घाटन  

फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले सो गाउँपालिकाको वडा नं ३ लिङ्खिमको थिवास्थित जनता आधारभूत बिद्यालयमा निर्मित सरस्वतीको मन्दिर मंगलवार उद्घाटन गरेका छन्। उनले बिद्यालयलाई विद्याको मन्दिर ठानिने र विद्याकी देवी सरस्वतीको मन्दिर विद्यालय परिसरमा निर्माण हुँदा यसले बालबालिकालाई पठन लगावमा केन्द्रित गर्न बल पुग्ने अपेक्षा लिए। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य चीरेन्द्र लाबुङ, वडाध्यक्ष आइतराम लिम्बू लगायतको उपस्थिति रहेको गाउँपालिका अध्यक्ष एभेङका स्वकीय सचिव भीम लिम्बूले जानकारी दिए।  

ज्योतिष विज्ञान अनुसार हामीकहाँ बर्षभर मूख्य तीन देवीको पूजा मनाइन्छ। लक्ष्मी, दुर्गा र सरस्वती। लक्ष्मी धनकी देवी। दुर्गा शक्तिकी। सरस्वती विद्याकी। वास्तवमा यी प्रतिकात्मक देवी हुन्। जीवनमा पूर्णता हासिल गर्नका लागि तीन चिजको खास महत्व हुन्छ, धन, विद्या र शक्ति। आज विद्याकी देवीको पूजा गरिने दिन। विद्या, ज्ञान र शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउने भएकोले सरस्वती पूजाको बिशेष महत्व रहेको शिक्षण पेशामा समेत रहेका पण्डित दाहाल बताउँछन्।

प्रकाशित: ४ फाल्गुन २०७७ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App