८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य संस्थालाई जग्गा भएन

सांकेतिक तस्वीर।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यन्वयन इकाई (भवन) मार्फत गोरखामा ४२ वटा स्वास्थ्य संस्था बनाउने योजना अघि बढाएको थियो । चालुवर्षको सातमहिना बितिसक्दा अहिलेसम्म एउटा पनि स्वास्थ्य संस्थाको निर्माण सुरु भएको छैन ।  

‘केही स्वास्थ्य संस्थाको अझै पनि जग्गा नहुँदा स्टिमेट गर्न सकिएको छैन,’ जिल्ला आयोजना कार्यन्वयन इकाई भवनकी प्रमुख सुनिता श्रेष्ठले भनिन् । नेपाल सरकारले १४ र भारत सरकारको सहयोगमा ३० वटा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको हो । दुईवटा भने तनहुँमा निर्माण हुने र बाँकी ४२ वटा गोरखामा निर्माण हुनेछन् । यी मध्ये ताकुकोट, जौवारी र मकैसिंङमा प्राथमिक स्वास्थ्य केन्द्र र अन्य ठाउँमा स्वास्थ्य चौकी निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताईन् ।  

स्वास्थ्य चौकीका लागि दुईकरोड ५० लाख रुपैयाँ र प्राथमिक स्वास्थ्य केन्द्रका लागि पुन निर्माण प्राधिकरणले करिब १२ करोड रुपैयाँ बिनियोजन गरेको छ । अहिलेसम्म २४ वटा स्वीकृतका लागि पठाएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । अन्य स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको भने भवन बन्ने जग्गा व्यवस्थापन भईसकेको छैन ।  

जौवारी प्राथमिक स्वास्थ्य केन्द्र स्थानीयतहले निर्माण गर्ने भएको छ । मकैसिंङ, लापु, आँपपिपल, बिही, ल्हो, लाप्राक, गाँखु, केराबारी, चुम्चेत प्रोकको जग्गा ब्यवस्थापन हुन बाँकी छ । ‘जग्गा ब्यवस्थापन भएका चौकी स्विकृतको चरणमा छ,’ जिल्ला आयोजना कार्यन्वयन इकाई प्रमुख श्रेष्ठले भनिन् ।  

चालु आर्थिक वर्षको स्विकृत कार्यक्रमको बहुवर्षिय योजना अन्र्तगत स्वास्थ्य चौकी निर्माण हुन लागेको हो । केरांैजा काशिगाँउ, दर्बुङको ढिला गरी जग्गा प्राप्त भएकाले अहिले स्विकृतका लागि पठाउन लागिएको कार्यालयले जनाएको छ । बक्राङ, आरुपोखरी, मान्बु, मनकामनाको स्वास्थ्य संस्था भबन स्विकृतको चरणमा छ । ‘जग्गा प्राप्त गर्न स्थानीयतहसँग समन्वय गरिरहेका छौं,’ इकाई प्रमुख श्रेष्ठले भनिन् ‘जग्गा नभएको ठाउँमा स्टमेट गर्न सक्दैनौं, त्यसैले स्विकृत हुन सकेको छैन ।’ तनहुँमा बन्ने दुईवटा स्वास्थ्य संस्थाको भने योजना स्विकृतको चरणमा रहेको उनले भनिन् ।

प्रकाशित: ३ फाल्गुन २०७७ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App