coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अघिल्लो वर्षभन्दा अहिले धेरै बालिका बलात्कृत

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भएका छन्। एउटा घटनामा दुई बालिकासहित १८ वर्षमुनिका ११ जना बालिका पीडित भए। १८ देखि २५ वर्ष उमेरका पाँच र २५ देखि ३५ का चारजना महिला बलात्कारको सिकार बने। यी घटनामा संलग्न पीडक भने १८ वर्ष भन्दामाथि उमेरका छन्। 

१९ मध्ये जबरजस्ती करणी प्रयास र बलात्कार गर्ने १६ जना १८ देखि २५ वर्षका छन्। तीनवटा घटनामा मात्रै पीडक १८ वर्षमुनिका छन्। ‘बलात्कारका घटना धेरैजसो बालिकामा भएको देखिन्छ,’ गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ भने, ‘ललाइफकाइ गर्ने, तत्काल प्रतिक्रिया जनाउन नसक्ने, बालिकालाई बलात्कार र यौन हिंसाबारे थाहा नहुने भएकाले पीडकको निसानामा बालिका परेको देखिन्छ,’ उनले भने।  

गत वर्ष गोरखामा जबरजस्ती करणीका १३ र प्रयासका छ गरी १९ वटा घटना भए। यी घटनामा पीडित १८ वर्ष मुनिका छ जना बालिका थिए भने भने १८ देखि २५ वर्षका युवती नौ जना थिए। बाँकी २५ वर्ष माथिका महिला थिए। घटनामा पिडक भने सबै १८ वर्ष उमेर माथिका छन्। ‘गत वर्षभन्दा यस वर्ष बालिकामाथि बलात्कारको संख्या बढेको छ,’ एसपी गुरुङले भने।

आर्थिक वर्ष २०७५÷७६ मा जबरजस्ती करणीका १५ र करणी प्रयासका सातवटा घटना भएका छन्। ती घटनामा १८ वर्षमुनिका आठजना बालिका पीडित भए भने १८ देखि २५ वर्ष उमेर समूहका नौ जना पीडित बने। यो घटनामा पीडक भने १६ वर्षमुनिका एकजना छन् भने अरू सबै १८ माथिका छन्।

पिडक जाने बुझेका, उमेरले पाको भएकाहरू देखिन्छन् भने बलात्कारको सिकार बनेका पीडित ८० प्रतिशत १६ वर्षमुनिका बालिका छन्। बार एसोसिएसन गोरखाका अध्यक्ष अधिवक्ता यादव शर्मा बालिकालाई परिबन्धमा पार्ने, डर देखाउन, लोभ्याउन पीडकलाई सजिलो भएर पनि बालिकामाथि हिंसा बढेको हुन सक्ने बताउँछन्।

‘मलाई के गर्दैछ भन्ने कतिपय बालिकालाई थाहै हुँदैन, सानालाई प्रलोभनमा पार्न पनि सजिलो हुन्छ, जुन लोभ ठूलालाई देखाउँदा प्रतिकार हुनसक्छ, बालिकाले प्रतिकार गर्न नसक्ने हुँदा निसानामा परिरहेका छन्।’ कतिपय बालिका अविभावकविहीन हुने, नियमित अविभावकको रेखदेखमा नरहने हुँदा एकल फेला पार्न सजिलो हुने बालिका बलात्कृत भएका घटना पनि घटेको उनले बताए। चेतनास्तर उकास्नु नै बलात्कार नियन्त्रणको माध्याम भएको उनले बताए।

प्रकाशित: ३ फाल्गुन २०७७ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App