७ वैशाख २०८१ शुक्रबार
समाज

किर्ते अभियोगमा नगरपालिकाका लेखा र योजना शाखा प्रमुख पक्राउ

सिम्रौनगढ नगरपालिकाका लेखा शाखा प्रमुख र योजना शाखा प्रमुखलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।किर्ते गरेको अभियोगमा लेखा शाखा प्रमुख सबेन्द्र प्रसाद चौधरी  र योजना शाखा प्रमुख जितेन्द्र यादव पक्राउ परेका हुन्।

बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले चौथो नगर सभामा नगर सभा सदस्यहरुको हस्ताक्षर कित्र्ते गरेको मुद्दामा बुझनको लागि लेखा अधिकृत र योजना प्रमुखलाई नियन्त्रणमा लिएको बताएका छन्।

असारमा सम्पन्न नगर सभालाई सम्पन्न गर्नको लागि नगरसभा सदस्य कपिल देव साह लगाएतले  किर्ते हस्ताक्षर गरेको उजुरी बारा प्रहरीमा दिए पछि त्यसको बारेमा बुझन दुबै जनालाई बोलाइएर अनुसन्धान शुरु गरेको मिश्रले बताए।

सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकर यादवले नगरसभामा कसैले कसैको कित्र्ते हस्ताक्षर नगरेको दाबी गरेका छन्। राजनितिक रिसवी साधनको लागि केही नगरसभा सदस्यहरुले म्यानेट पुस्तिकामा हस्ताक्षर गरेर पनि  हस्ताक्षर नगरेको भनी उजुरी दिएर नगरपालिकाको कामलाई प्रभावित गर्न खोजिएको आरोप प्रमुख यादवले लगाए।

सिम्रौनगढ नगरपालिकाका उप प्रमुख रिमा देवी कुश्वाहाको नेतृत्मा चौथो नगर सभालाई बहिस्कार गरे पनि ६० जना सदस्यहरु मध्ये बहुमत सदस्यहरुको उपस्थितीमा नगर सभा सम्पन्न गरिएको दावी गरिएको थियो ।  

प्रकाशित: १ फाल्गुन २०७७ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App