८ वैशाख २०८१ शनिबार
समाज

सप्तरीमा विध्वंस मच्चाउँदै हात्ती

कोसी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको मकुना हात्ती अहिले ‘कन्ट्रोलमा’ आएको छ। मकुना हात्ती ‘कन्ट्रोलमा’ आए पनि अन्य पाँँचवटा जंगली हात्तीले भने सप्तरीतर्फ आतंक विध्वंस मच्चाइरहेका छन्। मकुना हात्तीले मानवीय क्षती गरेपछि नियन्त्रणमा लिनका लागि विभिन्न उपायको खोजी गरिएको थियो।  

जसमा पुस दोस्रो सातादेखि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला, तीर्थ लामालगायतको टोलीले डार्ट गरेर शिथिल बनाएपछि ‘कन्ट्रोलमा’ आएको हो। आरक्षका वार्डेन अशोक रामका अनुसार मकुना अहिले ‘कन्ट्रोलमा’ छ, तर अन्य पाँचवटा जंगली हात्तीले सप्तरीतर्फ भने विध्वंस मच्चाइरहेका छन्। ‘मकुना ‘कन्ट्रोलमा’ आएपनि अन्य पाँचवटा हात्ती सप्तरीमा वस्तीमा प्रवेश गरेको हुँदा नियमित गस्ती गर्नु परेको छ,’ उनले भने, ‘हात्ती नियन्त्रणका लागि आरक्ष प्रशासनको टोली हाइ अर्लटमा रहने गरेको छ।’

कोसी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हात्ती रहेकोमा सबैभन्दा बढी मानवीय क्षती मकुनाकै कारण हुने गरेको छ। हात्ती मकै, धान, उखु र आँपलगायतमा लोभिएर गाउँ प्रवेश गर्दा मानवीय क्षती हुने गरेको छ। कोसी टप्पु क्षेत्रमा सुरुमा ११ वटा हात्ती थिए। अहिले बढेर १४ वटा पुगेको थियो। अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए। मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरूप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हात्तीको मृत्यु भएपछि अहिले १६ वटा रहेको बताइएको छ। 

सुनसरी, सप्तरी र उदयपुर गरी १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिए पनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ।

प्रकाशित: ३० माघ २०७७ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App