७ वैशाख २०८१ शुक्रबार
समाज

गोरखा जिल्ला अदालतको सेवा नयाँ भवनबाट

गोरखा जिल्ला अदालतले नयाँ भवनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट सञ्चालन भइरहेको अदालतले नयाँ भवनबाट काम सुरु गरेको हो ।

‘हामीले भाडाको घरबाट नयाँ भवनमा सामग्री सा¥यौं,’ श्रेस्तेदार बिनोदप्रसाद अधिकारीले भने ‘पहिले भाडाको साँगुरो घरमा कार्यालय सञ्चालन गर्नुपर्दा अदालतलाई सेवा प्रवाहमा समस्या भएको थियो । नयाँ भवनबाट सेवा दिन अहिले निकै सजिलो भएको छ ।’ सोमबारदेखि नयाँ भवनमा रहेको थुनुवा कक्षको पनि प्रयोग सुरु भइसकेको श्रेस्तेदार अधिकारीले बताए । अदालतको कामका लागि लगिएका आरोपीहरुलाई थुनुवा कक्षमा राखिन्छ । अदालतमा बाल ईजलास कक्ष पनि छ । ‘त्यसलाई ब्यवस्थित गर्न भने बाँकी छ,’ श्रेस्तेदार अधिकारीले भने ।

पहिले भन्दा निकै ठुलो बनेको अदालत भवन अहिले सुविधा सम्पन्न छ । फरक फरक शाखाका लागि फरक कोठा छन् । पार्किङ र लिफ्टको पनि ब्यवस्था छ । दरबन्दी ३६ जनाको रहेको गोरखा जिल्ला अदालतमा अहिले करार सहित २५ जना कर्मचारी कार्यरत छन् । ‘लिफ्ट चल्ने बनाउन, सोलार प्यानल व्यवस्थित गर्न, र पानी टंकी मर्मत गर्न भनेका छौं,’ श्रेस्तेदार अधिकारीले भने, ‘बाँकी काम गरिदिने गरी सेवा नयाँ भवनबाट सुरु भएको हो ।’ सेवा लिन र दिन दुबै पक्षलाई सजिलो हुने अदालतले जनाएको छ । यसअघि निर्माण भवन निर्माण पूरा गरेर पनि स–साना काम बाँकी राखेकाले हस्तान्तरण हुन नसकेको अदालतले जनाएको छ ।

२०७५ बैशाख १ गतेदेखि मासिक ६४ हजार रुपैयाँ भाडा तिरेर कार्यालय संचालन गर्दै आएको अदालत नयाँ घरमा सरेको हो । १६ करोड १४ लाख रुपैयाँमा तुलसिभक्त कन्स्ट्रक्सन प्रालिले उक्त भवन निर्माण गरेको थियो । अदालतले भवन हस्तान्तरण गर्न जिल्ला आयोजना कार्यन्वयन ईकाई (भबन) लाई पटक–पटक ताकेता गरेपछि उक्त भवनबाट अदालतले सेवा थालेको जनाएको छ । गत बैशाख, असार हुँदै मंसिरमा हस्तान्तरण गर्ने योजना बनेको अदालत अन्ततः माघको तेस्रो साता हस्तान्तरण भएको छ । 

प्रकाशित: २८ माघ २०७७ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App