७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्रीको सभाका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त

नेकपा केपी ओली समूहले आयोजना गरेको सभाका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

ओली समूहले दरवारमार्गमा आयोजना गरेको सभाका कारण प्रहरीले विभिन्न ठाउँबाट सवारीलाई डाइभर्सन गरेको छ। ठूला सवारी सधानलाई शहरका मुख्य क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ ट्राफिक परहरीले बताएको छ। दरवारमार्ग क्षेत्रमा बिहीबार बेलुकादेखि नै सवारी आवगमनलाई अवरुद्ध गरिएको छ। दरबारमार्ग जाने सवारी साधनलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, कोटेश्वरबाट ड्राइभर्सन गरीएको छ।  

प्रधानमन्त्रीको सभाका कारण पुतलीसडक, लाजिम्पाट, सोह्रखुट्टे, सुनधारा, ठमेल आउन पर्ने सर्वसाधारण बढी मारमा परेका छन्।

सभाका कारण दरबारमार्ग क्षेत्रका पसलहरु बन्द रहेका छन्। उक्त क्षेत्रको सडकको डिभाइडरसमेत हटाइएको छ।

प्रकाशित: २३ माघ २०७७ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App