१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी सम्मानित

विश्व सिमसार दिवसको अवसर पारेर डिभिजन वन कार्यालय रौतहटले नागरिककर्मीलाई सम्मानित गरेको छ । रौतहटको चन्द्रपुरमा आयोजित सम्मान कार्यक्रममा वन क्षेत्रको जग्गा खाली गराउन सकारात्मक समाचार लेखेर प्रोत्साहन गरेको भन्दै डिभिजन वन कार्यालय रौतहटले रौतहटका नागरिककर्मी मदन ठाकुरलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मानित मंगलवार सम्मानित गरेको हो ।

एक समारोहबिच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले नागरिककर्मीसँगै अन्य केही संचारकर्मी र कर्मचारीलाई सम्मानित गरेका हुन् । सम्मान गर्दै प्रदेश मन्त्री यादवले वन संरक्षणलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकार सक्रिय रहेको बताएका छन् ।  

डिभिजन वन कार्यालय रौतहट प्रमुख डिएफओ विनोद सिंहको अध्यक्षतामा भएको कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।  

कार्यक्रममा रौतहटको वन क्षेत्रमा सुधार हुँदै गएको, वन्यजन्तुको संख्या बढ्दै गएको बताइएको थियो । कार्यक्रममा डिएफओ सिंहले सिमसारको मानव जीवनसित रहेको सम्बन्धमाथि प्रकाश पार्दै सबै क्षेत्रको सहयोगले वन संरक्षणमा सहयोग पुगेको भन्दै धन्यवाद पनि दिएका थिए ।  

प्रकाशित: २० माघ २०७७ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App