४ वैशाख २०८१ मंगलबार
समाज

धादिङमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा दुर्घटनाग्रस्त ट्रक । तस्बिर : सरिता/नागरिक

पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।  

दुर्घटनामा परी ट्रकका लु २ ख २७० नम्वरको ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमा मृत्यु भएको हो । शव च्यापिएको अवस्थामा रहेको थियो ।

दुर्घटनामा सोही ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका छन् । गएराती साढे ३ बजे भएको दुर्घटनामा घाइते भएर च्यापिएका चालकलाई निकाल्न प्रहरीलाई २ घण्टा भन्दा बढी समय लागेको थियो । घाईतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि राती नै उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित: १९ माघ २०७७ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App