coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालपोषण भत्ताका कारण नागरिकता लिने बढे

सरकारले ५ वर्षभित्रका बालबालिकालाई बालपोषण भत्ता दिने भए पछि कपिलवस्तुमा नागरिकताको प्रमाण पत्र बनाउनेको भीड बढेको छ। भत्ताका लागि बालबालिकाको आमाबुवा वा संरक्षकको नागरिकता अनिवार्य गरिए पछि कपिलवस्तुमा नागरिकता बनाउन आउनेको संख्या बढेको हो। यसअघि दलित समुदायका ५ वर्ष मुनिका बालबालिकालाई दिँदै आएको बालपोषण भत्ता ५ वर्ष मुनिका सबैले पाउने सरकारले निर्णय गरेको छ।  

भत्ता बापत प्रति महिना बालपोषणका लागि ४ सय रुपैयाँ पाउने छन्। तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय जितपुर र चन्द्रौटास्थित ईलाका प्रशासन कार्यालयमा नागरिकता लिनेको संख्या दोब्बरले बढेको हो। कपिलवस्तु नगरपालिका वडा नम्बर २ लमतीयाकी अनामिका रैदासले बालपोषण भत्ताका लागि नागरिकता बनाउने आएको बताइन्। गत सोमबार ५ महिने छोरी अर्चनालाई काखमा च्यापेर आफ्नो श्रीमान बावुरामसंग नागरिकता लिन प्रशासन कार्यालय पुगेकी उनले छोरीले भत्ता पाउने भए पछि नागरिकता बनाएको बताइन्।  

सरकारले बालपोषण भत्ता दिने र त्यसका लागि आमा बुवाको नागरिकता अनिवार्य गरे पछि नागरिकता बनाउनेको संख्या निकै बढेको सहायक प्रअिज गणेश नेपालीले बताए। बालपोषण भत्ताका लागि पालिकाको वडा कार्यालयमा बालबालिकाको जन्मदर्ता, आमा बुवाको नागरिकताको प्रमाण पत्र पेश गर्नु पर्ने प्रावधान बनाइएको छ। ‘आमा र बुवाको नागरिकता बालपोषण भत्ताका लागि अनिवार्य गरिए पछि एक साता यता नागरिता बनाउने संख्या धेरै बढेको छ’ सहायक प्रजिअ नेपालीले भने ‘नागरिकता हराएको प्रतिलिपी नागरिकता लिने पनि उस्तै बढेका छन्।’ जिल्ला प्रशासन कार्यालमया नागरिकता प्रमाण पत्रको लागि दैनिक ३ सय बढी आबेदन समेत पर्ने गरेको छ। सरकारले राकेको बैवाहिक अंगीकृत नागरिकता समेत खुला गरेको र खेतीपातीको समेत सिजन नरहेकाले नागरिकता लिने बढेको उनले बताए।  

नागरिकता लिनेको संख्या बढे पछि प्रशासन कार्यालयमा रहेको नागरिकता फाटमा मुद्दा फाटका २ नासु, प्रशासन फाटका एक नासु मात्र नभइ अनुसन्धान कार्यालयका कर्मचारीहरु पनि सहयोगका लागि खट्ने गरेका छन्। यसअघि नागरिकता फाटेको जिम्मा ७ जना कर्मचारीहरुलाई लगाइएको थियो। नागरिकता लिनेको भीड बढे पछि प्रशासन कार्यालयको गेटमा नै सेवाग्राहीलाई रोकेर राख्नु परेको छ। प्रशासन कार्यालयको भवनको तल्लो तला र परिसरमा नागरिकताका लागि ठूलो लाईन लाग्ने गरेको छ।  

उता नागरिकता लिनेको संख्या बढे पनि प्रशासन कार्यालयमा दरबन्दी अनुसार प्रशासकीय अधिकृत, नासु र खरिदार नहुँदा गाह्रो परेको प्रजिअ दीर्घनारायण पौडेलले बताए। अहिले ३ वटा दरबन्दी रहेको प्रशासकीय अधिकृतमा केवल एक जना मात्र कार्यरत छन्। यस्तै १० नासुमा ३ जना खाली र ५ खरिदारमा २ जना खाली छन्। एक जना मात्र प्रशासकीय अधिकृत दासुराम पौडलले नागरिकताको प्रमाण पत्रमा हस्तास्क्षर गर्ने गरेकोले काममा ढिलाइ भएको छ।  

प्रशासकीय अधिकृतको नहुँदा अहिले प्रतिलिपी नागरिकताको प्रमाण पत्र र राहदानी फाटको कामको जिम्मा सहायक प्रअिजले लिएका छन्। प्रजिअ पौडेलले कर्मचारी अभावको बेला सेवाग्राहीको चाप बढे पछि काममा बाधा आएको बताए। उनले कर्मचारी अभावको विषयमा लोक सेवा आयोगलाई जानकारी गराएको बताए। गत माघ ७ देखि १४ गतेसम्म प्रशासन कार्यालयमा नयाँ नागरिकता ४ सय २१ र प्रतिलिपी नागरिकतको प्रमाण पत्र ५ सय ६० जनाको बनेको प्रशासन फाटकी प्रमुख सिता बन्जाडेले बताइन्।

प्रकाशित: १७ माघ २०७७ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App