१६ चैत्र २०८० शुक्रबार
समाज

अवैध कुखुरासहित एक जना पक्राउ

भारतको जोगबनीबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेको बोइलर कुखुरासहित एक जनालाई मंगलबार विराटनगरमा प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट पंक्षीजन्य वस्तु आयातमा सरकारले पूर्णरूपमा रोक लगाए पनि चोरी तस्करी गरी ल्याउने गरेका छन् । जोगबनीबाट चोरी तस्करी गरी ल्याउँदै गर्दा विराटनगर–१२ स्थित रोडशेष चोकबाट २ लाख २५ हजार रुपैयाँ बराबरको करिब ७ सय ५० केजी कुखुरा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।  

मोरङको कटहरी–५ का २८ वर्षीय किरनकुमार सरदारले प्रदेश १–०४००१ च ००४६ नम्बरको पिकअप भ्यान राखेर कुखुरा ल्याउँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद गरेको कुखुरा नष्ट गरिएको र गाडीसहित पक्राउ परेका सरदारलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सारमा बुझाएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: १३ माघ २०७७ १३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App