२२ फाल्गुन २०७७ शनिबार
समाज

प्रअले दिए वडाध्यक्षलाई ज्यान मार्ने धम्की

प्रधानाध्यापकले धम्की दिएका वडा अध्यक्ष ।

कपालमा कालो मेहंदी नलगाएको भन्दै केहि दिनअघि महिला शिक्षकमाथि हातपात गरेका दाङका एक सामुदायिक बिद्यालयका प्रधानाध्यापकले वडा अध्यक्षलाई ज्यान मार्ने धम्की दिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले सोही वडाका वडा अध्यक्ष भिमबहादुर खड्कालाई ज्यान मार्ने धम्की दिएका हुन् ।  

वडा अध्यक्ष खड्काका अनुसार बिद्यालयका प्रअ खत्रीले आँफू बिप्लवको कार्यकर्ता रहेको भन्दै ‘दुई चार दिनमै सिध्याईदिने’ धम्की दिएका थिए । उनका अनुसार बिद्यालयका प्रधानाध्यापक वडामा सिफारीस लिन भनि गएका थिए । प्रअ खत्रीका अनुसार बिद्यालयमा ८ कक्षामा अध्ययनरत एक बिद्यार्थीको नाम फरक परेकाले सच्याउनका लागि सिफारीस माग गर्न वडा कार्यालय पुगेका थिए । त्यस क्रममा बिद्यालयका प्रअ खत्रीले वडा अध्यक्षलाई धम्की दिएका थिए ।  

‘म को हुँ चिन्छस् ? तँलाई दुईचार दिनमै सिध्याई दिन्छु,’ प्रअ खत्रीले भनेका थिए ‘साँझ खाना खाएर राम्रोसंग सुतेस् ।’ वडाको सिफारीस लिने क्रममा ढिलाई भएको भन्दै प्रअ वडा अध्यक्षमाथि खनिएका थिए । तर प्रअ खत्रीले भने बिद्यार्थीलाई सिफारीस नदिएपछि आँफूले सिफारीसका लागि अनुरोध गरेको तर दिन नमानेपछि बिबाद भएको वताए । ‘सिफारीस दिन मिल्दैन, जिल्ला शिक्षा समन्वय ईकाईमा सम्पर्क गर्न भनियो,’ प्रअ खत्रीले भने ‘स्थानीय तहमा शिक्षाको अधिकार आईसकेपछि यसो भन्न कसरी मिल्छ ?’  

तर आँफूले वडाको सिफारीस दिईसकेको र प्रअले कार्यकक्षमै बसेर एकोहोरो धम्की दिएको वडा अध्यक्ष खड्काको भनाई छ । यसअघि पनि प्रअ खत्रीले आँफू बिप्लवको कार्यकर्ता रहेको भन्दै वडा अध्यक्ष खड्कालाई धम्क्याएको वडा अध्यक्षको दाबी छ । ‘

बिद्यालयको बैठकमा पनि उनले म लगाएत दुईचार जना अन्य ब्यक्तिलाई बिप्लव को हो चिन्छौ ? भन्दै धम्क्याएका थिए’ वडा अध्यक्षले बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘बिप्लवका दुईचार जना राती घरमा पठाएर तिमीहरुलाई मार्छु भनेर त्रास देखाएका थिए ।’ बिप्लवको कार्यकर्ता बनेर आँफूलाई पटक पटक ज्यान मार्ने धम्की दिएपछि वडा अध्यक्ष खड्काले ज्यानको सुरक्षा माग गरेका छन् ।

 उनले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई लिखित जानकारी गराउँदै आफ्नो जिउज्यानको सुरक्षा गरिदिन माग गरेकाछन् । यसअघि यिनै प्रधानाध्यापकले बिद्यालयमा एक महिला शिक्षकलाई मेहंदी किन नलगाएको भन्दै बिद्यालय भित्रै हातपात गरेका थिए । पीडित शिक्षकको उजुरी परेपछि प्रअ खत्री केहि दिन ईलाका प्रहरी कार्यालय गढवामा थुनिएका थिए । 

 

यो पनि पढ्नुहोस्

शिक्षिकालाई ज्यान मार्ने धम्की

 

प्रकाशित: ११ माघ २०७७ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App