१५ चैत्र २०८० बिहीबार
समाज

उत्कृष्ट बिओपी व्यवस्थापनमा बयरघाटका मानन्धर उत्कृष्ट

सशस्त्र प्रहरी बलले यस वर्ष उत्कृष्ट बाहिनी घोषित गर्दै  नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ दिएको छ ।  साथै पूर्व बरिष्ठ उपरीक्षक धनबहादुर थापालाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । सशस्त्र प्रहरीका सीमा सुरक्षा तथा बोर्डर आउट पोष्टमा व्यवस्थापनमा उत्कृष्ट भएका सशस्त्र प्रहरी बलका प्रहरी नीरिक्षक सञ्जित मानन्धर सर्वोत्कृष्ट भएका छन् । रुपन्देहीको पाँच नम्बर बाहिनी अन्र्तगत रहेको बयरघाट विओपी सर्वोत्कृष्ट भएको थियो । देशभर रहेका एक ९९ सय वटा बिओपीहरु मध्ये बयरघाट विओपी सर्वोत्कृष्ट भएको भन्दै सशस्त्र प्रहरी मूख्यालयले प्रहरी निरिक्षक मानन्धरलाई पुरस्कृत गरेको हो ।  

बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिम ढाका म्याराथन–२०२१ मा साउथ एशियन क्याटागोरीमा महिलातर्फ स्वर्ण पदक हासिल गर्न सफल नेपाल एपीएफ क्लबकी धावक सशस्त्र प्रहरी परिचर पुष्पा भण्डारीले पनि पुरस्कार पाएका छन् । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान (२०७७)छनोट गरेर पुरस्कार दिएको छ  ।

सशस्त्र प्रहरी बलले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर तल्लो तहका कर्मचारीहरुलाई सहुलियत कर्जाको व्यवस्था गरेको छ । तल्लो तहका कर्मचारीहरुलाई आवश्यक पर्ने सुविधिसहित सहुलियत कर्जाको व्यवस्था गरेको हो। स्थापना दिवसको सन्दर्भ पारेर सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले कार्यक्रमहरुको घोषणा गरेका थिए  ।

नयाँ कार्यक्रमअनुसार बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ पुर्याइएको छ । यो अनुपातमा वार्षिक ३ हजार ३ सयले सहुलियतमा कोषबाट कर्जा पाउनेछन् । वीरगति प्राप्त सशस्त्र प्रहरीका एकल महिलालाई प्रोत्साहनस्वरूप वार्षिक २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सिपाहीरहवल्दारका लागि ४ लाख, असईरसईले ५ लाख र अधिकृत तहले ६ लाख रुपैयाँसम्म सहुलियत कर्जाको व्यवस्था गरिएको छ । यस्तै, बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र परिवार लक्षित अक्सिजन प्लान्ट स्थापना गरी निःशुल्क सेवा, संक्रामक रोग फैलिन रोक्न प्लाज्मा बैंक, मानव सेवा आश्रममा बसेका वृद्धवृद्धालाई एपीएफ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने कार्यक्रम ल्याइएको छ ।

सशस्त्र प्रहरीले हेडक्वार्टरदेखि गण तहसम्म अनिवार्य लाइब्रेरी स्थापना, गण तहसम्मका सबै युनिटमा शिशु स्याहार केन्द्र स्थापना, महिला सशस्त्र प्रहरीलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने कार्यक्रम छ ।

यसैगरी वर्ष जवान घोषणा भएका कर्मचारीका एक सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने व्यवस्था गरिएको छ । यस्तै सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ ।

प्रकाशित: १० माघ २०७७ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App