coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पानीचारा लोप हुँदै

पोखराको सिमसार क्षेत्रमा भेटिएको सानो जलरंक । तस्बिर सौजन्य मनशान्त घिमिरे

कास्कीमा नौवटा ताल छन् । ताल किनारमा बस्ती बढ्दै गएको छ । बस्तीकै कारण ताल किनारको सिमसार क्षेत्र पनि पुरिदैं गएको छ । मानवीय अतिक्रमणको चपेटामा पर्दै गएपछि सिमसार क्षेत्रमा पाईने चराहरु पनि हराउँदै गएका छन् । ताल किनारका सिमसार क्षेत्र  व्यवसायिक प्रयोजन गर्ने हिसाबले पुरिने क्रम बढ्दै गएको छ । सबैभन्दा बढी फेवातालको सिमसार क्षेत्र पुरिएको छ ।  

कास्कीको फेवा, बेगनास, रुपा, खास्टे, दिपाङ, न्युरेनी, मैदी, गुँदे र कमलपोखरी ताल छन् । साना तालहरु समेत संरक्षणकै अभावमा पुरिदैंं गएका छन् । त्यसको प्रत्यक्ष असर भने चराचुरुंगीको बासस्थानमा परेको छ । साना र ठूला तालमा पानी चराको आकर्षण हुदैं आएको छ । सिमसार क्षेत्र पछिल्लो समय पुरिदै गएकोले पर्यावरणमा असर पुगेको पंक्षी समाज पोखराले जनाएको छ । ‘सिमसार क्षेत्रको संकुचन हुदैं गएपछि पानीमा आश्रीत चराहरुको गतविधि घट्दै गएको छ,।’ समाजका अध्यक्ष मनशान्त घिमिरेले सुनाए ।  

सिमसारमा मानवीय अतिक्रमणको चपेटामा परेपछि चराको बासस्थान हराउँदै गएको उनको भनाई थियो । तल छेउमा पिकनिक खाने, ठूलो ध्वनी लगाएर संगीत बजाउने, क्याम्पफायर बस्ने गतिविधि बढ्दै गएको छ । सिमसार क्षेत्रमै हुने त्यस्ता क्रियाकलापले फिरन्ते चराचुरुंगी देख्नै मुस्किल भएको उनले बताए । गतवर्ष भन्दा यो वर्ष पानी चराको संख्या नै घटेको तथ्यांक पंक्षी समाज पोखराले देखाएको छ । तथ्यांक अनुसार यो वर्ष अनुमानित २७ सयको संख्यामा मात्रै भेटिएको छ । अघिल्लो वर्ष भने २८ सय भन्दा बढी चराहरु भेटिएका थिए । यो वर्ष प्रजाति उस्तै रहेपनि संख्यामा भने घटेको छ । पोखराका ताल तलैयामा विभिन्न ४७ प्रजातिका चराचुरुंगी भेटिन्छन् ।  

अध्यक्ष घिमिरेका अनुसार हिउँदमा विगतमा पाईने चरा अहिले विस्तारै भेटिनै छाडेको समेत अध्ययनले देखाएको छ । अध्ययनकै क्रममा फेवाताल एवं तालहरुको सिमसार क्षेत्रमा बच्चा कोरल्ने चराहरुले बच्चा नकोरलेको समेत देखिएको छ । ‘खोला र तालतलैयामा विगतका वर्षहरुमा पाईने गरुड भेटिनै छाडेको छ,’ उनले भने, ‘सुडसुडिया प्रजातिको चराहरु खोलाको किनारमा पाईन्थे । यो वर्ष त्यस्ता चराहरु देख्नै पाईएन ।’

प्रकाशित: १० माघ २०७७ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App