coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चोरीका ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी बजार क्षेत्रमा चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ परेका छन्।

दमक ७ बस्ने ३० वर्षीय अजय मल्लिक र २० वर्षीय देव परियारले एसीआर र एचपी कम्पनिको २ थान ल्यापटप सस्तो मूल्यमा बिक्री गर्न खोजेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले ल्यापटपसहित दुबै जनालाई पक्राउ गरेको हो।

नियन्त्रणमा लिई सोधपुछको क्रममा उक्त ल्यापटप दमकबाट चोरी गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ। २ जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। साथै झापा जिल्ला अदालतबाट अनुमती लिई म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाईने प्रहरीले जनाएको छ।

प्रकाशित: १० माघ २०७७ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App