४ वैशाख २०८१ मंगलबार
समाज

धादिङमा शंकास्पद वस्तु सेनाले हटायो

पृथ्वीराजमार्गअन्तर्गत धादिङको चिरौंदी खोला पुल नजिकै शंकास्पद वस्तु सेनाले हटाएको छ। करिब ३ लिटरको प्रेसर बम सुरक्षाकर्मीले हटाएको हो। 

यस्तै, धादिङकै थाक्रेको महादेववेसीमा पनि नक्कली बम भेटिएपछि देवीदत्त गणको टोलीले त्यसलाई हटाएको छ। करिब ४/५ लिटरको हाेक्स बम महादेववेसीमा रहेको थाहा पाएपछि देवीदत्त गणको टोली गई हटाएको देवीदत्त गणका कर्नेल दिनेश कार्कीले जानकारी दिए। 

'महादेववेसीमा शंकास्पद वस्तु रहेको थाहा पाएपछि हामी त्यसतर्फ गएर हेर्दा होक्स बम रहेको थाहा पायौं', कर्नेल कार्कीले भने, 'अज्ञात समूहले राखेको शंकास्पद वस्तु नियालेर हेर्दा नक्कली बम रहेछ, जसलाई अहिले हाम्रो टोलीले हटाएको छ।'

प्रकाशित: १० माघ २०७७ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App