८ वैशाख २०८१ शनिबार
समाज

युवती बलात्कार आरोपी डेढ वर्षपछि पक्राउ

उदयपुरमा बलात्कार गरी काठमाडौंमा लुकेर बसेका विष्ट । तस्बिरः महेश्वर

युवतीमाथि बलात्कार अभियोगमा फरार एक अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका ४ की १८ वर्षीया युवतीमाथि ०७६ साउन १७ गते जबर्जस्ती करणी गरेर भागेका सोही ठाउँका गुणे, लोटे, गोविन्द भन्ने २२ वर्षीय गुणराज विष्ट बुधबार राति पक्राउ परेका हुन्।  

बेलका ४ गुरुङचौरीस्थित जनता माविको प्रांगणमा विष्टले एक साथीसहित मिलेर नशालु पदार्थ सेवन गराई युवतीलाई बलात्कार गरेपछि दुवै भागेका थिए। घट्ना सार्वजनिक नहोस् भनेर नशालु पदार्थ सेवन गराइएकी युवतीलाई घरको छतबाट खसालेर फरार रहेका दुईमध्ये विष्ट पक्राउ परेको प्रहरीले जनाएको छ।  

घट्नालगत्तै भागेका दुवैको खोजी भईरहेकोमा विष्टलाई लुकेर बसेको खवर पाएर जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको जनाएको छ। पक्राउ विष्टलाई बिहीबार गाईघाट ल्याइएको छ। फरार अर्का व्यक्तिको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ।  

बलात्कारपछि हत्याको आसयले छतबाट खसालिएकी युवती गम्भीर घाइते भएर अस्पतालमा उपचार भईरहेपनि अभियुक्तहरु भागिरहेकाले खोजी गर्ने क्रमममा विष्ट पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए। छतबाट खसालिएर कम्मरमुनिको भाग नचल्ने भएर अपाङ्ग भएकी युवतीको अहिले पनि उपचार भईरहेको दाहालले बताएका छन्।  

विष्टलाई थुनामा राखेर थप अनुसन्धान सुरु भएको छ। उनीमाथि जबर्जस्ती करणी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

प्रकाशित: ९ माघ २०७७ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App