८ वैशाख २०८१ शनिबार
समाज

सवारी नियम उल्लंघन गर्नेमा मोटरसाईकल बढी

गोरखामा सवारी चेकजाँच गर्दै ट्राफिक प्रहरी । तस्बिर : नागरिक

गत साउनदेखि पुस मसान्तसम्म गोरखामा सवारी नियम उल्लंघन गर्ने २८ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका मध्ये सबैभन्दा धेरै नौसय ९२ मोटरसाईकल रहेका छन् भने ट्याक्टर पाँचसय ३४ छन् ।  

कार र जिप पाँच सय ४०, बस तीन सय ९१ र ट्रक–टिपर तीन सय ९३ रहेका छन् । कारवाहीमा परेका यी सवारी साधनबाट १९ लाख ३५ हजार पाँचसय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।  

गतवर्षको छ महिनामा ट्रापिक प्रहरीले छ हजार ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । ती साधनबाट ४२ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ‘कोभिड–१९ को प्रभावका कारण सवारी साधन नचलेका कारण यो वर्ष कारवाहीको संख्या घटेको हो’ ट्राफिक प्रमुख ढकालले भने ।  

पुस मसान्त सम्म ८ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा तीनपुरुष र एकजना महिलाको ज्यान गएको छ भने ७ जना पुरुष र एक महिना गम्भिर घाईते भए । ट्राफिक प्रहरीले सवारी नियमबारे सवारी चालकसँग अन्तरक्रिया, चेतनामुलक पर्चा पम्पलेट, पोष्टर वितरण लगायतका काम समेत गरेको ट्राफिक प्रहरीले जनाएको छ । ‘ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गरिरहेका छौँ’ ट्राफिक प्रमुख ढकालले भने । 

प्रकाशित: ९ माघ २०७७ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App