२५ फाल्गुन २०७७ मंगलबार
समाज

सरुवा निवेदन अनलाइनबाट

धमाधम सरकारी कार्यालयले आफ्ना कर्मचारीको सरुवा निवेदन अनलाइनबाट लिन थालेका छन् । बुधबार महालेखा नियन्त्रकको कार्यालयले लेखा समूहका कर्मचारीको सरुवा निवेदन अनलाइनबाट मात्र लिने निर्णय गरेको छ । देशभर लेखा समूहका कर्मचारीले सरुवा हुन चाहेमा लेखा नियन्त्रकको कार्यालयको वेबसाइटमा क्लिक गरी आवेदन सक्ने व्यवस्था लेखा नियन्त्रकको कार्यालयले मिलाएको छ । यसबाट सरुवा हुन चाहने लेखाका कर्मचारी निवेदन बोकेर काठमाडौं धाउनु पर्दैन । बुधबार मात्र महालेखाले नयाँ वेबसाइट सार्वजनिक गरको छ ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस १ गतेबाट अनलाइनबाट सरुवा निवेदन लिन सुरु गरेको हो । एक महिनाको अवधिमा करिब ८ सय कर्मचारीले अनलाइनबाट सरुवा निवेदन दिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जनाए । ‘अनलाइन निवेदनबाट मन्त्रालयमा भिडभाड कम हुन्छ । र भनसुन पनि चल्दैन,’ अधिकारीले भने । अब भौतिक निवेदन मन्त्रालयले नलिने घोषणा पनि उनले गरे । अनलाइनबाट सरुवा निवेदन निकै प्रभावकारी देखिएको उनले बताए । उनले भने, ‘अब अरु कार्यालयहरूले अनलाइन निवेदन लिन सुरु गर्नुपर्छ ।’ संघीय मन्त्राययको वेबसाइटमा क्लिक गरी अनलाइनबाट निवेदन दिनसक्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

अनलाइन निवेदनको सुरुवात भूमि व्यवस्थापन विभागले गरेको हो । देशभरका मालपोत कार्यालयमा कार्यरत कर्मचारीले सरुवालगायतका अन्य निवेदन अनलाइनबाट दिनसक्ने व्यवस्था पोहर साल नै लागु गरिएको भूमि व्यवस्थापनले जनाएको छ । अनलाइनबाट सरुवा निवेदनबाट कुनै किसिको भनसुन नहुने हुँदा यो प्रणाली पूर्णरूपमा निष्पक्ष भएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जनाए । कर्मचारीले वेबसाइटमा राखेको अनलाइन निवेदन विभागको कर्मचारी प्रशासन तथा महनिर्देशकसँग सोझै जोडिने व्यवस्था मिलाएको उक्त विभागले मिलाएको छ ।

प्रकाशित: ९ माघ २०७७ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App