८ वैशाख २०८१ शनिबार
समाज

रुपन्देहीमा जलाएर हत्या गरिएको अवस्थामा युवकको शव फेला

रुपन्देहीको मर्चवारमा आगो लगाएर हत्या गरीएको अवस्थामा एक युवकको शव फेला परेको छ । मर्चवार स्थित नेपाल भारत सिमा क्षेत्र नैजिकै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंका गरेको छ ।

मायादेवि गाँउपालिका ७ गरगट्टी स्थित खेतमा अन्दाजी ३५ बर्षको जस्तो देखिने युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले बताए । घटनाको अनुशन्धान भइरहेको उनले जानकारी दिए । शवको पहिचान भइसकेको छैन । 

दानव नदि नजिकै खेतमा शरीर जलेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । सिमा क्षेत्र नजिकै हत्या गरीएको अवस्थामा शव भेटिएपछि  प्रहरीले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुशन्धान अगाडी बढाएको छ । घटना स्थलमा प्लाष्टिकको पाइप र रगतका छिटा भेटिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ७ माघ २०७७ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App