२२ फाल्गुन २०७७ शनिबार
समाज

घरेलु हिंसाको आरोपमा इन्जिनियर पक्राउ

घरेलु हिंसाको आरोपमा भक्तपुर प्रहरीले एकजना इन्जिनियरलाई पक्राउ गरेको छ। कलेजको प्राध्यापन पेसामा संलग्न भक्तपुरका इन्जिनियर बसन्त पञ्चलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो।  

बसन्त पञ्चसँंग एक वर्ष अगाडि सामाजिक परम्परा अनुसार मागी विवाह भएकोमा बसन्तले पछिल्लो समयमा आफूसंग अनावश्यक कुराहरुमा झैझगडा  गर्ने, हातपात गर्ने, मानसिक तथा शारीरिक यातान दिई सताइराखेको भन्दै श्रीमतीले उजुरी दिएपछि उनलाई पक्राउ गरेको हो। श्रीमानको यातना खप्न नसरी आफू विगत पाँंच ६ महिनादेखि माइतमा बस्न परेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी हालेकी थिइन्। 

माइतमा बस्दा समेत डर धम्की देखाई डरत्रास दिएको पीडितको आरोप छ। प्रहरीसँंग निज पञ्चले अर्काे विवाह गरेको स्वीकारेको जनाइएको छ।

प्रकाशित: ७ माघ २०७७ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App