दुई वटा सवारी साधन मंगलबार दिउँसो सुनसरीको दुहवी वडा नं. १० मा ठोकिदा तीन जनाको मृत्यु भएको छ ।
दुहवी–इनरुवा खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इनरुवा वडा नं. ३ का ४४ वर्षे बिर्ख मण्डल र माइक्रोका सहचालक सप्तरी राजविराजका २२ वर्षे शंकर यादवको मृत्यु भएको हो । दुर्घटनामा परि एक जना मृतकका पहिचान हुन नसकेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुहवीबाट इनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माईक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको हो ।
दुर्घटनामा परि छ जना घाइते भएका छन् । घाइते सवैको अवस्था सामान्य रहेको जानकारी दिइयो ।
प्रकाशित: ६ माघ २०७७ १४:१० मंगलबार