coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बैंकबाट

गोरखा नगरपालिकाले पहिलोपटक सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यसअघि केही जनप्रतिनिधिको रोहवरमा हातहातै वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्र्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।  

‘चालु वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा रकम माघ मसान्तसम्म बैंकमार्फत नागरिकको खातामा पुग्छ,’ उनले भने ‘कुन वडामा कुन बैंकले बितरण गर्ने भन्ने मंगलवार टुङ्गिएको छ ।’ गोरखा नगरपालिका भित्र पाँच हजारपाँच सय ३४ जनाले सामाजिक सुरक्षा भत्ता पाउँछन् । ‘हातहातै भन्दा बैंकबाट बितरण गर्दा पारदर्शी हुन्छ’ प्रमुख प्रशासकिय अधिकृत पन्तले भने । अब निरन्तर बैंक मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने उनले बताए ।  

‘वृद्धवृद्धा र अपांगता भएका, बैंकसम्म पुग्न नसक्ने, खाताखोल्न र रकम लिनमा प्राथमिकता दिनेगरी योजना बनाइएको छ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने । नगरबासीलाई सेवा लिन सहज होस् भन्ने हेतुले फरक–फरक बैंक तोकिएको उनले बताए । सम्बन्धित ब्यक्तिको खातामा रकम जम्मा गरिदिँदा आवश्यक परेको बेला झिक्न सक्ने, अनावश्यक फजुल खर्च रोकिने, बितरणमा दोहोरोपन नआउने, मृत्यु भईसकेकाहरुको विवरण स्वत हट्ने हुँदा पारदर्शी हुने उनले बताए ।  

 

प्रकाशित: ६ माघ २०७७ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App