रुपन्देहीमा बुटवल–बेलहिया सडकमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले चालकसंग ५ मिनेट अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सडकमै उभिएर चालकलाइ लेन प्रयोग गर्ने तरीका र अनुशासन सिकाउन थालको हो ।
६ लेनमा बिस्तार भएको सडकमा लेन छुट्याएर रेखाङ्कन गरिएको भएपनि सवारी चालकले त्यसको वेवास्ता गरी सवारी गुडाउदा दुर्घटना बढेको निश्कर्ष सहित प्रहरीले लेन अनुशासनकालागि चालकसंग ५ मिनेट अभियान सुरु गरेको हो । आइतबार देखि बुटवलको कालिकानगर,मणिग्राम,भैरहवा लगायतका स्थानमा ट्राफिक प्रहरीले सवारी साधन रोकी चालकलाइ लेन अनुशासन र त्यसको प्रयोग बारे सिकाउन थालेको छ ।
सवारी चालकले लेन अनुशासनको व्यवास्था गरी जुनसुकै लेनबाट तिब्रगतीमा सवारी गुडाउदा दुर्घटना बढेकाले अभियान सुरु गरीएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपि डम्बर बहादुर बिकले बताए । ‘चालकलाइ लेन अनुशासन पालना गर्न सिकाउने र दुर्घटनाको जोखीम कम गर्ने उद्येस्यले अभियान चलाएका हौं’ एसपि बिकले भने । यो अभियान पहिलो चरणमा बुटवल–भैहवा सडकमा एक साता सम्म चल्ने उनले जानकारी दिए । प्रहरीले ठुला सवारी साधनलाइ एक ठाँउमा, साना तथा मझौला सवारी साधन जिप,कार,भ्यान र मोटरसाइलहरुलाइ पनि छुट्टाछुट्टै स्थानमा रोकी लेन प्रयोग गर्ने तरीकाका बारेमा जानकारी गराएको छ । पहिले चालकलाइ लेन प्रयोग गर्न सिकाइने र त्यसलाइ कार्यान्वयनमा पनि लैजाने प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ माघ २०७७ १५:०७ सोमबार