८ वैशाख २०८१ शनिबार
समाज

गेटमै बसेर नागरिकता दिँदै सिडिओ

सोमवार सेवाग्राहीलाई गेटमै बसेर नागरिकता बितरण गर्दै प्रजिअ भट्टराई। तस्विर : नागरिक

गोरखाको बिभिन्न ठाउँबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालय आएकालाई सेवा नदिई फर्काउने क्रम सोमवारदेखि रोकिएको छ। एक दिनमा ७० वटा मात्रै नागरिकता जारी गर्न सकिने भन्दै प्रशासनले आफुखुसी नियम बनाएपछि दुर्गम ठाउँबाट आएका सर्वसाधारण नागरिकता लिन दुई दिन सदरमुकाम बस्नुपर्ने बाध्यता थियो।  

नागरिकता लिन १२ बजे प्रशासन कार्यालय पुगेकाहरु ७० वटा कोटा पुरा भएको भन्दै आईतवार नागरिकता पाएनन्। प्रशासनको नियमको चौतर्फी आलोचना र गृहमन्त्रालयले समेत चासो दिएपछि सोमवार भने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई दिनभर कार्यालयको गेटमा आफैँ बसेर सेवा दिए। प्रशासनको गेट भित्र छिर्ने सेवाग्राहीलाई उनले के कामले आउनुभएको ? भन्दै कागजात माग्ने, हेर्ने, बृद्धवृद्धालाई सोझै आफैँ सिफारिस गर्ने गरे। यसो गर्दा सोमवार ९१ जनाले नयाँ नागरिकता र ३६ जनाले प्रतिलिपी नागरिकता पाए। अन्य दिनको तुलनामा नागरिकता लिनेको संख्या सोमवार बढी हो। आईतवार जस्तै सोमवार पनि कोटा प्रणाली लागु भएको भए २० जना भन्दाबढि फर्कनुपर्थ्यो।  

यस अघि कर्मचारी थोरै भएको, काम गर्न नभ्याउने बाहना बनाएर प्रशासनले नागरिकता लिन आएकाहरुलाई अर्को दिन आउनु भन्दै फर्काउँथ्यो। सोमवार कागजात पुरा गरेर सेवा लिन पुगेका एक जना पनि फर्कनु नपरेको प्रजिअ भट्टराईले बताए।  

 

 

प्रकाशित: ५ माघ २०७७ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App