coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेकपाका दुई समूहको झडपमा घाइते वडाध्यक्षको हेलिकोप्टरमार्फत उद्दार

नेकपामा दुई समुहबीच झडप हुँदा घाइते भएका वडाध्यक्ष रंग थापा ।

नेकपाका दुई समूहबीच झडप हुँदा घाइते भएका हुम्लाको ओदनचुली गाउँपालिका–१ का वडाध्यक्ष रंग थापालाई हेलिकोप्टरमार्फत उद्दार गरेर जिल्ला अस्पताल ल्याइएको छ । आइतबार दिउँसो नेकपा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको थियो ।  

वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गरेका थिए । सो क्रममा वडाध्यक्ष थापा घाइते भएको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । थापाको टाउको र मुखमा चोट लागेको छ । ‘स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सोमबार माउण्टेन एयरको हेलिकोप्टर चार्टर गरेर सदरमुकाम ल्याइएको हो,’ गाउँपालिका अध्यक्ष फडेराले भने, ‘अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको छ ।’ पूर्व माओवादीबाट वडाध्यक्षमा निर्वाचित थापा अहिले ओली समूहमा लागेका छन् ।

 

प्रकाशित: ५ माघ २०७७ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App