१३ फाल्गुन २०७७ बिहीबार
समाज

सडक विवाद मिलाउँन खोज्दा वडाध्यक्षमाथि कुटपिट

हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपातबाट सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र शरीरमा चोट लाग्दा गम्भीर घाइते भएका हुन् ।  

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत अदानचुली गाउँपालिका–१को कार्यक्रम अनुगमनमा गएको समयमा एक्कासि वडाध्यक्ष थापामाथि ढुङ्गाले हानेर गम्भीर घाइते बनाइएको हो ।  वडाध्यक्ष थापाले प्राविधिकको सर्बेविना श्रीनगरको सडक मनपरी ढङ्गले काट्न नहुने भन्दै सम्झाउन खोज्दा आफूमाथि एक्कासी ढुङ्गामुढा भएको बताएका छन् ।  सो घटनामा परी वडाध्यक्ष थापासहित तीनजना घाइते भएका छन् ।  

घाइते हुने वडाध्यक्ष थापा, स्थानीय दीपक थापा र मक्क थापा गरी तीनजनाको अहिले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसभन्दा अगाडि साउन २२ गते नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पर्टी९नेकपा०बीच झडप भएको थियो ।रासस 

प्रकाशित: ४ माघ २०७७ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App